परदेशबाट...... (poem)

सन्चै छ आमा परदेशी छोरो
बिरानो ठाउँमा,
नरोइ बस्नु सम्झेर मलाइ
सुन्दर गाउँमा ।

कोखीको बास गरायौ मलाइ
दश महिना दुःखमा,
अमृतधारा पिलायौ मलाइ,
भोकाउँदा मुखमा ।

लगायौ मलाइ तेते र नाना
राखेर काखमा
बिसन्चो मलाइ भएमा आँसु
बगायौ आँखामा ।

हिँडायौ मलाइ थिर थिर गर्दै
हातको आडले,
मलाइ मिठो ख्वाएर आँफू,
पेट भर्‍यौ माडले ।

साहुको धन मुटुको किला,
बेचेर तिलहरी ।
पठायौ स्कूल साँचेर मिठो,
सपना मनभरी ।

पढेर ठूलै प्रगती गर्ला,
छोराले भनेर ।
राखिनौ पेवा, थैलीको दुमु ,
सब दियौ गनेर ।

भाग्यको खेला, कर्मको लेखा
म पढ्न सकिन ।
आमाको रहर पुर्‍याउने बाटो
म बढ्न सकिन ।

हिड्दैछु अहिले बिरानो बनी,
परदेशी माटोमा ।
फूलको बहार छाडेर लागेँ,
काँडाको बाटोमा ।

तैपनि आमा हजुरको आशिष
लाग्दैछ मलाइ,
अरुको राम्रो सोच्नेलाइ गर्छ,
दैबले भलाइ ।

टिकाराम गौतम "उत्सुक"
ल्वाङघलेल-४ कास्की,
हाल : साउदी

1 comments:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन