Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

शिक्षा कार्यालयको यो गैरजिम्मेबारीपन...


सरकारी कार्यालयहरु कतिसम्म गैरजिम्मेबार हुन्छन् भन्नेकुराको उदाहरण खोज्न अन्त कतै जानुपर्दैन, केवल जिल्ला शिक्षा कार्यालय कास्कीको वेबसाइट हेरे पुग्छ । सुचना र संचारको आजको युगमा इन्टरनेटको सहायताले दिनभरको काम छिनभरमै हुन सक्छन् । तरपनि कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुँइटेल पछि अम्बिका प्रसाद आचार्य सरुवा भएर आएको महिनौँ बितिसक्दा पनि जिल्ला शिक्षा कार्यालयको आधिकारीक वेबसाइट www.deokaski.gov.np मा भने नयाँ जिल्ला शिक्षा अधिकारीको नाम अहिले सम्म पनि अपडेट गरिएको छैन । त्यति मात्र हैन, कार्यालयको कर्मचारी विवरण पेजमा केबल चार जनाको मात्र नाम रहेको छ । जसमा फोटो सहित जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुँइटेलको नाम यथावत छ भने त्यसपछिको क्रममा ठेगाना नभएका र फोटो पनि नभएका मार्केटिङ मेनेजर सुरेश थारुको नाम रहेको छ । त्यसपछि ठेगाना नखुलाईएका किरण रानाको नाम र तस्बिर रहेको छ । उनको पिएन पदको स्पेलिङ 'Piun' लेखिएको छ । त्यसपछिको क्रममा 'बनेपा, काभ्रे सिन्धुपाल्चोक' ठेगाना उल्लेख गरिएका दिपक अधिकारी र निजको तस्विर सहित पदः मुखिया उल्लेख छ । त्यतिमात्र हैन, वेबसाइटमा राखिएका विभिन्न लिंकमा क्लिक गर्दा त्यहाँ कुनै पनि जानकारी खुल्दैन । अर्थात् ती पेजहरु अपडेट नै गरिएको छैन ।

कास्की जस्तो सुविधासम्पन्न जिल्लाको जिल्ला शिक्षा कार्यालयको वेबर्साईटमा उल्लेखित यी विवरण हेर्दा जो कोही सरोकारवालाहरुलाई पनि सहजै थाहा हुन्छ कि प्रविधिको ढ्वाङ पिटेर प्रत्येक विद्यालका शिक्षक र विद्यार्थीको विवरण कम्प्युटरमा अपडेट गर्नुपर्ने निर्देशन दिने सरकारी अड्डाले कतिसम्म लापरबाही र गैरजिम्मेबारपूर्ण कार्य गर्न सक्दा रहेछन् भनेर । नेपालमा बनेपा, काभ्रे सिन्धुपाल्चोक भन्ने ठाउँ कुन स्थानमा छ भन्नेकुराको जानकारी यो पङ्तिकारलाई नभएकोले यसको खोजी गर्ने कार्य पनि शिक्षा कार्यालयले नै गरोस् भन्न चाहन्छु । साथै निकट भविष्यमै वेबसाइट अपडेट गर्न जोडदार माग गर्दै यस्ता गैरजिम्मेबारपूर्ण कार्यले यसै जिल्लाको सरकारी विद्यालयमा कार्यरत म जस्ता जिम्मेबार  र कर्तव्यनिष्ठ शिक्षकको शिर निहुरिन पुगेको नम्र निवेदन गर्दछु ।

मलाई के थाहा...


मलाई के थाहा तिम्ले मन अन्तैतिर मोड्छ्यौ भन्ने,
सँगै जिउने बाचा कसम यति छिटै तोड्छ्यौ भन्ने ।

मेरो मनको बँगैचाका फूल सबै सुक्दैगए,
मलाई के थाहा पराईको फूलबारी गोड्छ्यौ भन्ने ।

प्रतिक्षामा सारा रात तारा गन्दै बितिगए,
मलाई के थाहा तिम्ले नाता अर्कैसँग जोड्छ्यौ भन्ने ।

सपनमा सजाएथेँ हिरा मोती जडित महल,
मलाई के थाहा सारा सपना सिसासरी फोड्छ्यौ भन्ने ।

तिमी सँगै यात्रा गर्ने धोको कहिल्यै नपुग्ने भो,
मलाई के थाहा यो उत्सुकलाई बीच बाटोमै छोड्छ्यौ भन्ने ।

© उत्सुक

प्रेम दिवशमा...

लभ्ली हिलको डाँडामाथी आउनु है प्रेम दिवशमा
मधुर स्वरले प्रेमको गीत गाउनु है प्रेम दिवशमा ।

त्यसै राम्री काली तिमी, हिस्सी पर्या मुहार तिम्रो,
निधारमा रातो टिका लगाउनु है प्रेम दिवशमा ।

शायद म चाहिँ पहिल्यै पुगी प्रतिक्षामा हुन्छु होला,
तिमी आई च्याप्प हातमा समाउनु है प्रेमदिवशमा ।

तिमी आँखा बन्द गर्नु, मैले चुम्दा अधरमा,
बिस्तार बिस्तार प्रेमको दियो जलाउनु है प्रेमदिवशमा ।

तिमी स्वयं प्रेमको सागर म त परेँ प्रेमप्यासी,
यो उत्सुकलाई प्रेमसागरमा डुबाउनु है प्रेमदिवशमा ।

हुन्छ भनेकी हौ...

तिम्रै भरमा पर्छु भन्दा हुन्छ भनेकी हौ,
तिम्रै लागी मर्छु भन्दा हुन्छ भनेकी हौ ।

 वर्षौँ देखी साँचिएको मनभरीको माया,
तिमीलाई गर्छु भन्दा हुन्छ भनेकी हौ ।

 हिउँदको बाँझो खेत झैँ तिम्रो खाली सिउँदो,
 मेरै हातले भर्छु भन्दा हुन्छ भनेकी हौ ।

 सृष्टि धान्ने अनमोल सन्तानको बीउ,
 तिम्रै खेतमा छर्छु भन्दा हुन्छ भनेकी हौ ।

दुबईमा...



घुमाउँदैछु जिन्दगीको चर्खा दुबईमा,
बिताउँदैछु हिउँद अनि वर्षा दुबईमा ।

साह्रै प्यासी भाको बेला समुद्रमै पौडी खेल्छु ,
तरपनि नमेटिने तिर्खा दुबईमा ।

स्वदेशमा सबैजना आफन्त झैँ लाग्थ्यो,
आफ्ना पनि हुँदा रैछन् अर्का दुबइमा ।

जहाँ गयो त्यहिँ पिडित कस्तो रैछ कर्म,
कसले बुझ्ने यो उत्सुकको मर्का दुबईमा ।

...त्यो बेलामा पानी थियौ

यति ठूली भइ सकिछौ, मैले भेट्दा सानी थियौ ।
अब त राफिली भइछौ, त्यो बेला बिहानी थियौ ।

मैले सिँगान पुछिदिन्थेँ, काखमा बस्थ्यौ खुसी हुदै,
कैले काखमै सु गर्दिन्थ्यौ तर सबकी दिवानी थियौ ।

रीस लाज लोभ इर्ष्या के हो भन्ने थाहा थिएन,
सबै सँग बराबरी, हर नयनको नानी थियौ ।

कता गए तिम्रा सबै बालसुलभ बानीहरु ?
अचेल तिमी आगो भइछौ, त्यो बेलामा पानी थियौ ।

अहिले एक्लै एक्लै देख्छु , कसलाई हो र पर्खिएको ?
सबको काखै काखमा बस्ने कति भाग्यमानी थियौ ।

...याद आयो ।

खोली छेउमा ऊनीसँगै नुहाएको याद आयो ।
मैलो जीऊ उनकै हातले धुवाएको याद आयो ।

ढाडतिर हात पुगेन मिचिदेउन काली,
यहि निहुँमा अंग अंग छुवाएको याद आयो ।

उनले ल्याउँथिन् मिठो अचार, मैले ल्याउँथे काँक्रो
चिरा चिरा पारी ऊनलाई खुवाएको याद आयो ।

चकचक गर्थिन ऊनि पनि, म पनि त उल्का,
जिउभरी चिमोटेर रुवाएको याद आयो ।

बरु कान्छी ल्याऊ न भन्छे...

बिहे भयो, बच्चा भयो कामै कामको भार बढ्यो ।
सधैँ भरी व्यस्त हुँदा जिन्दगीमा निस्सार बढ्यो ।
घरको कामै कामले हैरान भएर हो कि,
अभावको पिडाले दिक्दार भएर हो कि,
मेरी बुढी त्यसै त्यसै मर्कन्छे ।
आजकल के भाको छ कुन्नी सानो सानो कुरामा पनि झर्कन्छे ,
खै किन हो कुन्नी ए बुढा बरु कान्छी ल्याऊ न भन्छे ।

म जूनको कुरा गर्छु ऊ नुनको कुरा गर्छे ।
म धुनको कुरा गर्छु ऊ बिस्कुनको कुरा गर्छे ।
कति व्यवहारिक, कति चिन्तित
सुन भन्दा धेरै लसुनको कुरा गर्छे ।
कति गर्नु कामको चिन्ता उसको काखमा बस्न खोज्छु
सबै कुरा बिर्सिएर अंगालोमा कस्न खोज्छु ।
बुढि पटक्कै मान्दिन झन् पर पर तर्कन्छे
कै किन हो कुन्नी ए बुढा बरु कान्छी ल्याऊ न भन्छे ।

आखिर जे जे भएपनि पिरतीको मेल उस्तै,
जति पिर परेपनि जवानीको भेल उस्तै,
थकाइ हो कि निद्रा प्यारो
सुत्न नपाई निदाइहाल्छे
म यता तान्छु ऊ उता फर्किन्छे ,
खै किन हो कुन्नी ए बुढा बरु अर्की ल्याऊ न भन्छे ।

साग र सिस्नो खाएको बेश आनन्दी मनले...

महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो पद्यांश धेरै पटक पढेको र सुनेको थिएँ, तथापी वास्तविकतामा सागको स्वाद लिएपनि सिस्नो चाख्ने अवसर चाहिँ जुटेको थिएन । गत साउनको पहिलो साता घर गएको बेला कताबाट हो कुन्नी सिस्नोको कुरा निस्कियो । अनि कहाँ पाइएला त सिस्नो भन्ने कुरा हुदै थियो, सिन्नो त तिप्लेरुममा छ नि, बरु जान पो सकिन्छ कि सकिन्न भनेर भन्नुभो मामा नेत्र अधिकारीले । अस्ति भर्खर त हामी गएका थियौँ, आजकल चाहिँ रोल भरियो होला भने भाई बाबुरामले । अपरान्हको ४ बजेको थियो, वर्षाको समय पानी पर्ने नपर्ने केही अनुमान थिएन । जुका धेरै आउँछन्, तयारी राम्रै गरेर जानुपर्छ भन्ने कुरा आयो । तयारी चाहीँ हाफपाइन्ट लगाउन नहुने, सामान्य जुत्ता वा चप्पल लगाउन नहुने, तर गमबुट लगाउनुपर्ने तथा नुन दलेको टालो गम्बुटमा बाँध्नुपर्ने भन्ने मत सबैको रह्यो । त्यस अनुरुप तयारी गर्दै थियौँ । श्रीमती (गिता) ले म पनि जान्छु भन्न थालिन् ।  साँझको बेला... उकालो बाटो... जुका धेरै आउँछन् भनेर सम्झाउन त खोजेको तैपनि कहिल्यै नगएको ठाउँ...घुम्ने रहर पनि पुग्छ भन्ने बिचार गरी चारजना अर्थात म, भाई बाबुराम, मामा नेत्र तथा श्रीमती गिता लागीयो तिप्लेरुम जाने उकालो ।

बाटोमा भेटिएका जुका


जुकै जुका भएको बाटोबाट बल्ल तल्ल गर्दै तिप्लेरुम पुगेपछि रमाइलो एवं आनन्द महशुस भयो । आमामा... सिस्नो त कति धेरै, कति सप्रेको... मामाले आफु जन्मेको घरको भग्नावशेष हेर्दै विगत सम्झेर भावुक कुरा गर्नु हुँदै थियो तर एक्कासी बादल मडारिएर आयो अनि पानी पर्ला जस्तो भयो । त्यसपछि हतार हतार लागियो सिस्नो टिप्न ।

अलि अलि त च्वास्स चुस्स पनि पार्यो । तैपनि नयाँ नयाँ कुरामा सधैँ उत्सुक रहने मेरो लागी त्यसले केही फरक पारेन । हामी फटाफट सिस्नो टिप्दै गयौँ ।



बादल धुम्मीएको थियो एक्कासी पानी पर्यो अनि त भागम्भाग । जीउ चिपीचल्लै भएर रुझ्यो, जुका खुट्टा देखी टाउका सम्मै पुगे । कति टोके टोके जुकाले... केही पर्वाह भएन । मोबाइल र क्यामेरा जोगाउनु पर्ने... तैपनि त्यत्रो बाढी पानीमा भिजीहालेछन् । पछि दुइवटै बिग्रीए ।
यस्तो थियो सिस्नो ।


कुकरमा राखेर पकाइयो ।


एउटा गल्ती भएछ... सिस्नो पकाउँदा घिउ, तेल केही पनि प्रयोग गर्न नहुने रहेछ । घिउ तेल राखेपछि सिस्नोको काँडा जस्ताको तस्तै हुने रहेछ ।

भाई बाबुराम र म सिस्नो खाँदै...


गजल

तिम्ले न्यानो अंगालोमा कसेपछी मजा आयो 
लाली ओठले अधरभरी डसेपछी मजा आयो ।

फसाउन तीमीलाई फीजाएथें मायाजाल 
आखीर आफै तीम्रो जालमा फसेपछी मजा आयो ।

तीम्रो नजीक हुन यो ज्यान कती धायो धायो 
स्वयं तीमी काखमा आई बसेपछी मजा आयो ।

साँघुरो पो रैछ गाँठे तीम्रो दीलमा जाने दैलो 
अटस मटस गर्दै भीत्र पसेपछी मजा आयो ।

आगो सामू कती टीक्नू 'उत्सुक'रूपी नौनी
थोपा थोपा गर्दै फुत्त खसेपछी मजा आयो ।।