आज एकजना स्कूले नानीसँग भेट भयो । उनि मैले पढाउने विद्यालय नजिकै आर्बा विजय मा.वि. मा पढ्छिन् । पहिले हाम्रो विद्यालयमा पढेकी, कहिलेकाहिँ त्यहाँ आउँछिन् आज पनि आइन् । धेरैपटक भेट भइरहने हुनाले उनि म सँग खुलेर कुरा गर्छिन् । हातमा एउटा सेतो कागज थियो, मैले सोधेँ, "के हो यो ?" "आज परीक्षा थियो, प्रश्नपत्र हो ।" उनले जवाफ दिइन् । "खै खै हेरौँ, कस्ता प्रश्न आएछन् ?" मैले मागेँ उनको प्रश्नपत्र । नवौँ कक्षाको जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र रहेछ । शुरुको प्रश्नबाट क्रमशः मैले "यो प्रश्नको उत्तर के लेख्यौ ?" भन्दै सोधेँ, तर उनले चित्तबुझ्दो जवाफ दिइनन् । एउटा प्रश्न थियो परिवार नियोजनका विधिहरुको बारेमा । मैले भने, "परिवार नियोजन त स्थायी र अस्थायी गरी दुइ किसिमको हुन्छ हैन र " उनले हत्त न पत्त जवाफ दिइन्, "वास्तवमा परीवार नियोजनका विधि प्राकृतिक र अप्राकृतिक गरी दुइ किसिमका हुन्छन् ।" मैले तत्काल सोधेँ, "प्राकृतिक विधि भन्नाले ?" उनले बाहृय स्खलन विधि, छन्द विधि र योनिरस परिक्षण विधिको बारेमा विस्तृत जानकारी दिइन् । मैले उनिसँग अरु प्रश्नको उत्तर सोधेँ, उनले धेरथोर जवाफ त दिइन् तर प्रजनन् र यौन सम्बन्धि प्रश्न बाहेक अरु प्रश्नको जवाफ उनलाई पूरा आएन । मैले सोधेँ, "भोली कुन विषय छ ?" उनको जवाफ थियो अर्थशास्त्र । मैले उनिसँग मार्शल तथा रविन्सले दिएको अर्थशास्त्रको परिभाषा सोधेँ, तर उनलाई अलिअलि परिभाषा त आयो, तर कुन परिभाषा कसको भन्ने चाहिँ आएन । यसपछि मलाई के लाग्यो भने जसको जुन विषयमा जति चासो छ, त्यो विषयमा उसले त्यति नै धेरै सिक्न सक्छ । तपाईलाई चाहिँ के लाग्छ ?
Enjoying in Jumerah beach Dubai.
A great day in Dubai..
Uuuuummmmmmmmm....
A lady from Nepal is swimming in a river in Nepal.
River in Nepal
Arva Vijaya River, Pokhara, Kaski Nepal.
Cha Cha Huuuuiiiiiiiiiiiiiiii
Playing the Ping (Swing) on the occasion of Dashain Festival.
Ready to climb Mt. Everest??
You have to wear such a dress before climb the mountains.
Showing posts with label यौन. Show all posts
Showing posts with label यौन. Show all posts
पैसा कमाउने उत्तम उपाय : सेक्स
शिर्षक हेर्दा पैसा कमाउनकै लागी यौनकर्मीहरुले गर्ने यौन क्रियालाई आधार बनाएर यो लेख लेखिएको होला भन्ने लाग्न सक्छ तरपनि आज म अलि फरक तरिकाले यो प्रशंगको उठान गरिरहेको छु ।
आजकल इन्टरनेट युजरहरु इन्टरनेटका विभिन्न साइटहरुमा विभिन्न तस्विरहरु, भिडियोहरु तथा विभिन्न लेख रचना हरु प्रकाशित गर्नु सामान्य कुरा हो । यसका साथसाथै इन्टरनेटका विभिन्न साइटहरुमा अनलाईनमा काम गरेर आन्दानी गर्ने क्रम पनि बढिरहेको छ । तर यसका साथसाथै इन्टरनेटका विभिन्न सामाजिक सञ्जालहरुमा तथा व्यक्तिगत ब्लगपेजहरुमा यौनजन्य लेख, तस्विर तथा भिडियोहरु प्रकाशित गर्ने क्रम पनि आजभोली हृवात्तै बढेको छ ।
Subscribe to:
Posts (Atom)











