Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

नाम जुराउने नयाँ तरिका ।

केही वर्ष पहिले सम्म बच्चा जन्मेपछि उ जन्मेको समय अनुसार नक्षत्रबाट नाम जुराएर न्वारानमा नाम राख्ने चलन थियो । शायद मेरो नाम पनि त्यसैगरी राखियो होला । टिकाराम  मो, टा, टि, टु पुर्वफाल्गुनी नक्षत्र सिंह राशी । सानो सानोमा वास्ता भएन.. तर अलि पछि मेरो नाम मैलाइ मन परेन । कस्तो नराम्रो नाम...। म एकान्तमा टोलाएर सोच्ने गर्थेँ । साथीहरुको कति राम्रा नाम..., मेरो भने टिका । के हो यस्तो टिका पनि नाम हुन्छ ? नामै फेर्न सकिन तरपनि मेरो रुची अनुरुपको उपनाम झुन्ड्याएँ "उत्सुक" । अझै पछि म मेरो नामको बारेमा अझै सोच्न थालेँ । कस्तो टिका...?? खासगरी टिका निधारमा लगाइन्छ । चाहे महिलाहरुले लगाउने रंगीविरंगी होस् वा चामलमा दही र रंग मिसाएर बनाएको अक्षता होस् । प्रायः सबै टिकाहरु रंगी विरंगी हुन्छन् । तर न मेरो नाम रंगीन भयो, न त जिन्दगी....

जिन्दगी रंगीन कसरी हुन्छ - फेरी अर्को प्रश्न तेर्सियो ।

शायद मेहनतले विभिन्न रंगहरु भर्दै जानुपर्छ होला... मैले कोशिस गर्दा गर्दै सकिन... । आजभोली बच्चा जन्मेपछि नाम राख्ने तरिका अलि भिन्न भएको छ । बच्चाको नाम राख्दा बाबु आमाको नाम मिलाएर राख्ने लहर चलेको छ । चर्चित गायक रामकृष्ण ढकालले आफ्नी छोरीको नाम राख्दा आफ्नो नामबाट रा तथा श्रीमतीको निलमबाट नी मिलाएर रानी ढकाल राखेका रे । मेरो एकजना मित्र पुष्प र उनकी श्रीमती तिलमाया पनि आफ्नो बच्चाको नाम कसरी राख्ने भन्ने बारेमा सल्लाह गर्दै थिए ।

अनि आफ्नो पहिलो बच्चाको नाम जुन अक्षरबाट शुरु हुन्छ त्यसपछिका बच्चाहरुको नाम पनि त्यहि अक्षरबाट राख्दै जाने, जस्तै : सरोज, सरिता... रमेश, रमिता, दिनेश, दिपक, दिपिका आदी ।
समय अझै अगाडी बढिसकेको छ... अब नाम जुराउने पण्डितहरु पात्रो हेरेर चिनामा हैन, डिक्सनरी हेरेर फेसबुकमा नाम जुराउँछन् । फेसबुकमा रहेका साथीहरुबाट कमेन्ट मार्फत नामहरुको तालिका बनाइन्छ अनि नोमिनेशनमा परेका नामहरुमाथी विशेष कमिटिको निर्णयबाट नाम र्सार्वजनिक गरिन्छ । अस्ति भर्खर मात्र मेरो एकजना मित्र रामप्रसादजीलाई पुत्रलाभ भएको छ । वहाँलाई पनि नाम के राख्ने भन्ने बारे यस्तै समस्या परेको छ । रामप्रसाद र विष्णुमायाको प्रथम पुत्ररत्नको नाम के जुराउने... फेसबुकले कत्तिको सहयोग गर्छ हेरौँ ।

लोग्नेमान्छेको विहे भए नभएको कसरी थाहा पाउने ?

एकजना फेसबुक मित्रले फेसबुक च्याटमा कुरा गर्दै गर्दा सोध्नुभयो कि, लोग्नेमान्छेको विहे भए नभएको कसरी थाहा पाउने - मैले त्यतिबेला भनेँ, सोधेर थाहा पाउने । तर पछि मलाई यो प्रश्न मलाई अलि गम्भिर लाग्यो । सोधेको बेला सिधा जवाफ नै पाइन्छ भन्ने के ग्यारेन्टी - अनि मलाई यस बारेमा केही मस्तिष्क मन्थन गर्न मन लाग्यो । म एकैछिन घोरिएँ... मैले केही अन्य उपायहरु निकालेँ ः
१. चुराको आवाज सुन्नासाथ तर्सिनु ः विवाहित पुरुष उसको पत्नीबाट पाएको पिडा सम्झेर यति पिडित हुन्छ कि, चुराको आवाज आउने वित्तिकै तर्सिन थाल्छ । अनि सहजै अनुमान गर्न सकिन्छ कि उ विवाहित हो ।
२. हरेक कुरामा मोलमोलाई गर्नु ः श्रीमतीका असीमित आवस्यकताका कुराहरु किन्दा किन्दा हैरान भएपछि सकेसम्म सम्म सस्तोमा किन्न कोसिस त गर्ने नै भयो... त्यसैले उसले मोलमोलाई बढि गर्न थाल्छ ।
३. हरेक कुरालाई शंकाको दृष्टिले हेर्नु ः श्रीमतीको चियो चर्चो र शंका आशंका गर्दा गर्दै उसमा शंका गर्ने बानी नै परिसकेको हुन्छ... अनि हरेक कुरालाई शंकाको दृष्टिले हेर्न थाल्छ । अनि त उ विवाहित भन्ने थाहा भइहाल्छ ।
४. निधारतिर वा टाउकोमा हेर्नुस् डाडुको छाप छ कि...
अरु पनि धेरै आइडिया हुन सक्छन् विवाहित लोग्नेमान्छेलाई चिन्ने.. कृपया तपाईको आइडिया कमेन्ट मार्फत शेयर गर्नुस् ।