Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

Showing posts with label Animal. Show all posts
Showing posts with label Animal. Show all posts

ल्वाङघलेलमा दुम्सीले दियो दुःख (भिडियो सहित)

तपाईलाई दुम्सीको बारेमा थाहा छ ? दुम्सी एक प्रकारको बन्यजन्तु हो । यसले वर्षायाममा किसानको खेतबारीमा मकै लगाएतका बालीहरु खाएर अनि नष्ट गरेर एकदम दुःख दिने गर्छ । दुम्सीले रातीमा आएर बालीनाली खाने हुनाले यसले अझै बढि सताउँछ । पहिले पहिले रातभरी आगो बालेर बारीमा दसुम्सी कुर्ने गरेका कथाहरु मैले सुनेको थिएँ । दुम्सीलाई पासोमा पारेर समातोको चाहिँ मैले पनि देखेको छु । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकोले यो स्थानमा बन्यजन्तुहरु मार्न पाइदैन, तरपनि दुम्सी, ओत, बाँदर लगाएतका बन्यजन्तु तथा सुगा, कालिज लगाएतका पंक्षीहरुले यस क्षेत्रमा खासगरी कोलेलीमा अति नै दुःख दिइरहेको भएपनि कुनै निकायबाट कृषकहरुलाई राहत वा अन्य सहयोग भएको पाईदैन । दुम्सीले दिएको दुःख र कृषकहरुको हैरानीको समाधान के हुनसक्छ ? के संरक्षण मात्र गर्दैमा सबथोक हुन्छ ? बन्यजन्तु संरक्षण गर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले यसरी कृषकले पाएको दुखको सुनुवाई गर्छ कि गर्दैन ? वा सरकारले कुनै क्षतीपुर्ती दिन्छ कि दिँदैन यो प्रश्न खुला बहसको लागी तपाईहरु सबै समक्ष राख्न चाहन्छु । तर अहिले चाहिँ कास्कीको ल्वाङघलेलको कोलेलीमा किसानहरुलाई दुम्सीले दिएको दुःख र दुम्सीको दुःखबाट छुटकारा पाउन गरीएको उपाय बारेमा  यस भिडियोबाट जानकारी पाउन सकिन्छ । यो भिडियो अन्त्यसम्म हेर्नुभयो भने चाहिँ केही फरक कुरा पाउनुहुनेछ । आफ्नो खेतीपाती र्सवनास पार्ने दुम्सीप्रति कस्तो व्यङ्य... मनभरी पिडा बोकेर पनि कति सजिलै हाँस्न सक्छन् निर्दोष कृषकहरु... भिडियो हेरीसकेपछि कमेन्ट लेख्न चाहिँ नभुल्नुहोला ।

भुक्ने कुकुरले टोक्दैन (भिडियो सहित)

तपाईलाई कुकुर मन पर्छ, धेरै मानिसहरु कुकुरसँग डराउँछन् । म पनि डराउँछु । भुक्ने कुकुरले टोक्दैन भन्ने त उखानै छ, झन् त्यसैमाथी बाँधेको कुकुरले के टोकोस्...भुक्ने मात्र न हो । बाँकी विवरण भिडियोमै हेर्नुस् ।