Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

बाढीले कास्कीको ल्वाङघलेलमा गाउँ नै जोखिममा

पोखरा, भदौ १४–बुधवार साँझदेखि परेको अविरल बर्षाका कारण मर्दी नदीमा बाढी आउँदा कास्कीको ल्वाङ्गघलेलको खोरामुख गाउँ जोखिममा परेको छ । बाढी बढ्दै गएर नदी र बस्तीवीचको दूरी करिब १५ मिटर मात्रै बाँकी छ । बाढीका कारण खोरामुखका करिब एकसय घर जोखिममा परेका ल्वाङ्गघलेलबाट ओमप्रसाद गुरुङ्गले टेलिफोनमा जानकारी दिनुभयो । बाढीले करिब एकहजार रोजनी खेतीयोग्य जमिन समेत कटानको जोखिममा परेको छ । खोरामुख गाउँ मर्दी र ईंदी खोलाको वीचमा पर्ने भएकाले बर्षेनी त्यस क्षेत्रका बासिन्दा बाढीका कारण प्रभावित हुने गरेका छन् । बाढीका कारण मर्दी नदी आसपासमा रहेका रिभान र धिताल गाउँ विकास समितिका केही बस्ती समेत जोखिममा परेका छन् । स्थानीय बासिन्दाले मर्दी खोला नियन्त्रण गर्न स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।


खुल्दैछ कोलेलीको भविष्यको ढोका

अन्ततः कोलेलीमा आल्मन्ड खेती शुरु हुने नै भयो । आज पोखरामा हुँदैछ सम्झौता पत्रमा हस्ताक्षर ।


ल्वाङघलेल गा.वि.स. को कोलेलीमा नेपालमै पहिलो पटक शुरु गर्न लागिएको आल्मन्ड खेतीको लागी लगानीकर्ता, प्राविधिक टोली, सहजकर्ता तथ जमिनदाताहरुका बीच आज बिहान ८ः३० बजे पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सम्झौता हुँदैछ । सम्झौता सबैलाई समेट्ने होस्, सामाजिक र समग्र कोलेली गाउँबासीको हितमा होस् , मेरो सुभेच्छा । विविध उतार चढावहरु पार गर्दै आल्मन्ड खेतीको योजनालाई अन्तिम रुप दिन अहोरात्र खट्नुहुने समाजसेवी श्री महेश्वर दवाडी, जनशक्ति कृषि सहकारी संस्था लि. तथा उदाहरण युवा क्लबका अध्यक्ष श्री बाबुराम गौतम, जनशक्ति कृषि सहकारी संस्था लि. का सचिव, श्री जनता प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कृष्ण प्रसाद दवाडी, लुम्रे कोलेली ग्रामिण कृषि सडक निर्माण समितीका अध्यक्ष श्री राजन प्रसाद बराल, श्री जनता प्राथमिक विद्यालय कोलेलीका प्रधानाध्यापक श्री जिवनाथ लामिछाने लगाएत सम्पूर्ण समाजसेवीहरुलाई साधुबाद, जसले कुनै न कुनै रुपमा कोलेलीलाई प्रगती पथमा लम्काउन सहयोग गर्नुभयो ।


सरकारी कार्यालयमा किन हुँदैन फटाफट् काम ?


           नेपालमा प्रायः सरकारी कार्यालयमा समयमा काम नै हुँदैन, भएपनि गुणस्तरिय सेवा पाईदैन । यो मेरो आरोप हैन, आम नेपाली जनताको आवाज हो । सरकारी बैँक, सरकारी स्कूल, क्याम्पस, उद्योग, कलकारखाना, संस्थान तथा अन्य सरकारी अड्डाहरु, प्रसासन कार्यालय, मालपोत, भन्सार... यत्र तत्र र्सवत्र...। आखिर किन हुन्छ त सरकारी कार्यालयको नाम बदनाम ? के साँच्चैँ नै सरकारी कार्यालयमा काम नहुने नै हो ? वा प्राइभेटहरुले फिँजाइदिएको हल्ला हो ?

गुगलले हेप्यो नेपालीलाई...

विकसित देश अमेरिकाले नेपाल लगाएतका अल्पविकसित देशहरुमाथी हेपाहा व्यवहार गर्नेगरेका समाचारहरु बेलाबेलामा आउने गरेका छन् । चाहे त्यो राजनैतिक रुपमा होस् वा कुटनैतिक रुपमा नै किन नहोस् । यतिमात्र हैन, अमेरिकामा बनेका गुगल तथा यु टुव जस्ता साइटहरुले समेत नेपाल र नेपालीलाइ हेपाहा व्यवहार गर्छन् र अन्य देशका नागरिकहरुलाइ दिने सुविधा नेपालीहरुलाई दिँदैनन् ।

माओबादी बिरुद्ध ओलीका गोली

एमाले नेता के.पी. ओली आफ्ना भाषणका क्रममा उखान टुक्काको प्रयोग गरी छेडछाड हान्न माहिर मानिन्छन् । उखान टुक्कामा एस एल सी पास गरेका यी नेता खासगरी माओबादी प्रति आक्रामक अभिव्यक्ति दिएर बढि चर्चा बटुल्ने गर्दछन् । उखान र चुट्कीला भनिरहने हुनाले यी नेता भन्दापनि हास्यकलाकार जस्ता देखिन्छन् । चउरमा मान्छेका अगाडी चुट्कीला सुनाएर तालीको गड्गडाहट लुटेपनि चुनावमा भोट पाउने बेलामा भने यी नेता अलि पछाडी नै पर्दछन् । आजकल नेपाल टेलिभिजनको कार्यक्रम मेरी बास्सैमा सिताराम कट्टेल ( धुर्मुस) ले यीनको क्यारीकेचर गरेर अभिनय गरीरहेका छन् । हेरौँ वली जि का केही चुट्कीलाहरु ...

पैसा कमाउने उत्तम उपाय : सेक्स


        शिर्षक हेर्दा पैसा कमाउनकै लागी यौनकर्मीहरुले गर्ने यौन क्रियालाई आधार बनाएर यो लेख लेखिएको होला भन्ने लाग्न सक्छ तरपनि आज म अलि फरक तरिकाले यो प्रशंगको उठान गरिरहेको छु ।
आजकल इन्टरनेट युजरहरु इन्टरनेटका विभिन्न साइटहरुमा विभिन्न तस्विरहरु, भिडियोहरु तथा विभिन्न लेख रचना हरु प्रकाशित गर्नु सामान्य कुरा हो । यसका साथसाथै इन्टरनेटका विभिन्न साइटहरुमा अनलाईनमा काम गरेर आन्दानी गर्ने क्रम पनि बढिरहेको छ । तर यसका साथसाथै इन्टरनेटका विभिन्न सामाजिक सञ्जालहरुमा तथा व्यक्तिगत ब्लगपेजहरुमा यौनजन्य लेख, तस्विर तथा भिडियोहरु प्रकाशित गर्ने क्रम पनि आजभोली हृवात्तै बढेको छ ।

पत्रकारहरु होसियार... खाइएला है झ्याप्पु...

गाइजात्रा... वा व्यङ्ग्य भन्दै कसैको चित्त दुख्ने लेखहरु लेख्दै हुनुहुन्छ भने होसियार, अब पत्रकारमाथी उनिहरुकै अफिसमा पुगेर सिधै आक्रमण हुन्छ । नो चेतावनी, नो स्पष्टीकरण... सिधै झ्याप्पु । नपत्याए यो समाचार पढ्नुस् ।


काठमाडौ, साउन २२ - सौर्य दैनिकका पत्रकार चिरञ्जीवी पौडेलले गाईजात्राको अवसरमा एउटा लेख लेखे । 'रेखा थापाको मिनिस्कर्ट रहस्य' भन्ने । यो लेखको मुख्य पात्र नायिका रेखा थापाइ थापालाई बनाइएको थियो । लेखले भव्य रुपमै गाईजात्रे मसला प्रस्तुत गरेको थियो । नेपाली फिल्मकी हट एण्ड सेक्सी नायिकाका रुपमा चिनिने रेखाको मिनिस्कर्ट रहस्यले सबैलाई गाईजात्रे मनोरञ्जन त दियो तर स्वम् रेखा भने यो लेख देखेर चुप लाग्न सकिनन् । र पुगिन सौर्य दैनिकको कार्यालयमा । जँहा उनले पत्रकार चिरिञ्जीवी लाई भेट्नु थियो ।
भेटे लगात्त्तै उनले प्रश्न गरिन, 'मेरो बारेमा किन यस्तो लेख्नुभयो ?'
जवाफमा पौडेलले भने, 'गाईजात्राको लागी कल्पना गरेर लेखेको हु ।'
प्रतिउत्तरमा रेखाले एक झापड चड्काईन र भनिन्, 'मैले पनि यो कल्पना गरेर हानेको हु ।'

कहिले हो फ्रेन्डसिप डे ?

हामी नेपालीहरु नेपाली चाडपर्वहरु र दिवसको बारेमा उति वास्ता र चाख राख्दैनौँ, तर बिदेसी day हरुले हामीलाई अति छिटोप्रभाव पर्ने गर्दछन् । हामीलाई पुत्रदा एकादशी कहिले पर्दछ थाहा हुँदैन, तर Valentines Day: February 14  कण्ठै हुन्छ। यसै क्रममा हिजो अगस्टको पहिलो दिन "हृयाप्पी फ्रेन्डशिप डे" भनेर फेसबुकका भित्ताहरु भरिए, मोबाइलका मेसेजबक्सहरुर इमेलका इनबक्सहरुमा त्यस्तै मेसेजहरु आइरहे त्यस्तै लहै लहैमा... वास्तवमा फ्रेन्ससिप डे कहाँबाट कहिले शुरु भयो, कुनदेशबाट किन शुरु भयो र खास कुन दिनलाई फ्रेन्डसिप डे भनेर मनाउन थालियो भन्ने बारेमा हामीमध्ये कमैलाई मात्र थाहाहोला ।हुनत पोहोर सालपनि यो बारेमा बहस भएकै हो । बरिष्ठ सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठले त रेडियो अन्नपूर्णको लाइभकार्यक्रम पोखरा कल इनमै यसबारेमा बहस चलाउनुभएको थियो । एकदिन म सँगको भेटमा पनि वहाँसँग यसबारेमा कुराभएपछि मैले फ्रेन्डसिपको बारेमा जानकारी लिन विभिन्न वेवसाइडहरु हेरेको थिएँ । खासगरी सन् १९३५ मा अमेरिकी कँग्रेसलेअगस्ट महिनाको पहिलो आइतबारलाई फ्रेन्डसिप डे को मान्यता दिएको इतिहास पाइन्छ । जुनकुरा यो वेवसाइटमा गएर हेर्नसकिन्छ । फ्रेन्डसिप डे को बारेमा जानकारी र गिफ्ट साटासाट गर्न खुलेको यो वेवसाइटले पनि अगस्टको पहिलो आइतबारबार लाई नै फ्रेन्डसिप डे भनेको छ । हुन त हामी नेपालीहरु मात्रै कहाँ हो र कतिपय बिदेशी मित्रहरुले समेत मलाई “Happy Friendship Day” भनेर म्यासेजगर्नुभएको थियो । यसबाट के देखिन्छ भने हावाको पछि दौडने हामीमात्रै हैनौँ, बिदेशीहरु पनि रहेछन् । तरपनि कमसेकमहामी त क्लिएर हुन सिकौँ ।