Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

Showing posts with label Information Technology. Show all posts
Showing posts with label Information Technology. Show all posts

शिक्षा कार्यालयको यो गैरजिम्मेबारीपन...


सरकारी कार्यालयहरु कतिसम्म गैरजिम्मेबार हुन्छन् भन्नेकुराको उदाहरण खोज्न अन्त कतै जानुपर्दैन, केवल जिल्ला शिक्षा कार्यालय कास्कीको वेबसाइट हेरे पुग्छ । सुचना र संचारको आजको युगमा इन्टरनेटको सहायताले दिनभरको काम छिनभरमै हुन सक्छन् । तरपनि कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुँइटेल पछि अम्बिका प्रसाद आचार्य सरुवा भएर आएको महिनौँ बितिसक्दा पनि जिल्ला शिक्षा कार्यालयको आधिकारीक वेबसाइट www.deokaski.gov.np मा भने नयाँ जिल्ला शिक्षा अधिकारीको नाम अहिले सम्म पनि अपडेट गरिएको छैन । त्यति मात्र हैन, कार्यालयको कर्मचारी विवरण पेजमा केबल चार जनाको मात्र नाम रहेको छ । जसमा फोटो सहित जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुँइटेलको नाम यथावत छ भने त्यसपछिको क्रममा ठेगाना नभएका र फोटो पनि नभएका मार्केटिङ मेनेजर सुरेश थारुको नाम रहेको छ । त्यसपछि ठेगाना नखुलाईएका किरण रानाको नाम र तस्बिर रहेको छ । उनको पिएन पदको स्पेलिङ 'Piun' लेखिएको छ । त्यसपछिको क्रममा 'बनेपा, काभ्रे सिन्धुपाल्चोक' ठेगाना उल्लेख गरिएका दिपक अधिकारी र निजको तस्विर सहित पदः मुखिया उल्लेख छ । त्यतिमात्र हैन, वेबसाइटमा राखिएका विभिन्न लिंकमा क्लिक गर्दा त्यहाँ कुनै पनि जानकारी खुल्दैन । अर्थात् ती पेजहरु अपडेट नै गरिएको छैन ।

कास्की जस्तो सुविधासम्पन्न जिल्लाको जिल्ला शिक्षा कार्यालयको वेबर्साईटमा उल्लेखित यी विवरण हेर्दा जो कोही सरोकारवालाहरुलाई पनि सहजै थाहा हुन्छ कि प्रविधिको ढ्वाङ पिटेर प्रत्येक विद्यालका शिक्षक र विद्यार्थीको विवरण कम्प्युटरमा अपडेट गर्नुपर्ने निर्देशन दिने सरकारी अड्डाले कतिसम्म लापरबाही र गैरजिम्मेबारपूर्ण कार्य गर्न सक्दा रहेछन् भनेर । नेपालमा बनेपा, काभ्रे सिन्धुपाल्चोक भन्ने ठाउँ कुन स्थानमा छ भन्नेकुराको जानकारी यो पङ्तिकारलाई नभएकोले यसको खोजी गर्ने कार्य पनि शिक्षा कार्यालयले नै गरोस् भन्न चाहन्छु । साथै निकट भविष्यमै वेबसाइट अपडेट गर्न जोडदार माग गर्दै यस्ता गैरजिम्मेबारपूर्ण कार्यले यसै जिल्लाको सरकारी विद्यालयमा कार्यरत म जस्ता जिम्मेबार  र कर्तव्यनिष्ठ शिक्षकको शिर निहुरिन पुगेको नम्र निवेदन गर्दछु ।