Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

Showing posts with label धनिष्ठा. Show all posts
Showing posts with label धनिष्ठा. Show all posts

अनुरोध

चोखो प्रेममा मर्नु परे,
मरौँला नि हुँदैन र ?
झर्नुपरे तारेभीर,
झरौँला नि हुँदैन र ?

मिती नपुगी मरीँदैन,
नाम नाडी जुधेपनि,
शिवजीको जप तपस्या,
गरौँलानी हुँदैन र ?


माग्यौँ भने भगवानले
अवस्य नै दिनुहुन्छ,
पाउपरी नयाँजीवन
मागौँला नि हुँदैन र ?

-धनिष्ठा
२०६३/ ३ /११

चाहना... (Poem)

सँगै हुन पाउने भए....
ठोक्किएर एक-आपसमा सेता काला बादलहरु,
आकासभित्र गुन्जिदैछन् बादलका मादलहरु ।
मिले बादल एकै ठाउँमा झरे सँगै वर्षा बनि,
सँगै र्झन पाउने भए, झर्थे म’नि झरी बनि....
वर्षा झर्‍यो आकासबाट आँगन छेउ बाटो धारो,
बगे सबै सागर भेट्न, हिलो मैलो भेल बनि,
सँगै बग्न पाउने भए बग्थेँ म’ नि भेल बनि....
हावा जति एक भइ आउँदा खेरी हूरी बनि,
भाँचिदिए रुख कुनै खेतबारीका मकै पनि,
सँगै उड्न पाउने भए, उड्थेँ म’नि हूरी बनि....
कुचोद्वारा कसिङ्गरलाई एकैठाउँमा थुप्रो पारी,
जलाईदिइन् गृहिणीले थुप्रोलाई सलाई कोरी,
सँगै जल्न पाउने भए, जल्थेँ बरु फोहोर बनि.....
-धनिष्ठा....

Poem

पर्खाइको पिडासंघर्षको मैदानमा तिमी पुग्यौ कहाँ,
सम्झिएर कति रुनु एक्लै बसी यहाँ ?
सबै भन्छन् २/४ वर्षलामो हुँदै हैन,
आँफूलाई त एकक्षण एक्लै हुने मनै छैन ।
तर यहाँ बाध्यताको ठूलो छ नि खाडल,
म छु वारी तिमी पारी बीचमा निलो सागर ।

-धनिष्ठा २०६३/६/३०