उसको नाम पबी हो । कुनै बिकसित देशको कलेजमा पढ्न नाम दर्ता गरेकी छ । काम नगरि पढ्न नसक्नु उस्को बाध्यता हो । त्यसैले एउटा ग्यास स्टेसनमा क्याशिएरको काम गर्छे । उस्को हाउभाउ र चाल्चलन हेर्न लायककै छ । लज्जा नारिको गहना हो भन्ने नेपाली उखान उस्ले बिर्सिसकी । जो सँग पनि मस्किएर बोल्नु उस्को बानी मात्र होइन बाध्यता पनि हो किनकी साहुले सबै ग्राहक सँग हासेर बोल्नु पर्ने नियम नै बनाइदियको छ । तर पबी त्यो भन्दा पनि उदार छे । राम्रो सँग नमिलेका दात ङिच्च देखाउन उस्लाई खोइ किन हो अती मन पर्छ । अली खाइलाग्दो त्यस माथि अस्वेत युबक देखी भने
Enjoying in Jumerah beach Dubai.
A great day in Dubai..
Uuuuummmmmmmmm....
A lady from Nepal is swimming in a river in Nepal.
River in Nepal
Arva Vijaya River, Pokhara, Kaski Nepal.
Cha Cha Huuuuiiiiiiiiiiiiiiii
Playing the Ping (Swing) on the occasion of Dashain Festival.
Ready to climb Mt. Everest??
You have to wear such a dress before climb the mountains.
परदेशबाट....
कसले कठै भन्ने भो र डाँको छोडी रुँदाखेरी,
देशकै याद आउँदो रैछ सागर पारी हुदाखेरी ।।
आँखाभरी आइराख्छ आफ्नै प्यारो गाउँघर ,
चट्ट छाडी हिँड्नुपर्यो साढेसातले छुँदाखेरी ।।
मोती सरी हिउँचुली, नागबेली नदिनाला,
लाली गुराँस, बेली, चम्पा अन्य फूल सेता काला ।।
सबैसँग रमाउँदै खेल्थेँ चिसो सिरेटोमा…
अहिले त्यहि याद आउँछ, तातो रापले छुँदाखेरी ।।
मादलुको तालसँगै बाँसुरी र सारङ्गीमा,
झम्के साँझमा रोधि नाच्दा आँखा पुग्थ्यो मारुनीमा ।।
दशैँ, तिहार, तीज, फागु सम्झनामा ताजा नै छ,
आँसुधारा बग्दो रैछ, अतित कथा फुँदाखेरी ।।
मख्ख पर्थेँ फूलझैँ ऊनी सुवास छरी मुस्काउँदा,
दंग पर्थिन् मनका भाव कथासरी सुनाउँदा ।।
छुट्ने बेला आँखाभरी टलपल मोती रसाएको…
अहिले त्यहि याद आउँछ, चिनो रुमाल धुँदाखेरी ।
देशकै याद आउँदो रैछ सागर पारी हुदाखेरी ।।
आँखाभरी आइराख्छ आफ्नै प्यारो गाउँघर ,
चट्ट छाडी हिँड्नुपर्यो साढेसातले छुँदाखेरी ।।
मोती सरी हिउँचुली, नागबेली नदिनाला,
लाली गुराँस, बेली, चम्पा अन्य फूल सेता काला ।।
सबैसँग रमाउँदै खेल्थेँ चिसो सिरेटोमा…
अहिले त्यहि याद आउँछ, तातो रापले छुँदाखेरी ।।
मादलुको तालसँगै बाँसुरी र सारङ्गीमा,
झम्के साँझमा रोधि नाच्दा आँखा पुग्थ्यो मारुनीमा ।।
दशैँ, तिहार, तीज, फागु सम्झनामा ताजा नै छ,
आँसुधारा बग्दो रैछ, अतित कथा फुँदाखेरी ।।
मख्ख पर्थेँ फूलझैँ ऊनी सुवास छरी मुस्काउँदा,
दंग पर्थिन् मनका भाव कथासरी सुनाउँदा ।।
छुट्ने बेला आँखाभरी टलपल मोती रसाएको…
अहिले त्यहि याद आउँछ, चिनो रुमाल धुँदाखेरी ।
अपुरो प्रतिबद्धता
तिम्रो मनको छेउछाउ,
डेरा खोजी सरौँ लाग्छ,
वर्षा शिशिर जे भए नि
प्रिती खोला तरौँ लाग्छ ।
भोक, प्यास, निद चैन,
एकादेशको कथा भयो,
ज्योतिषशाश्त्र छाडी अब,
प्रेमशाश्त्र पढौँ लाग्छ ।
सम्झनामा बाँकी रह्यो,
केवल हाम्रो मिठो अतित,
पागलपनमा अनायासै,
सयौँ 'मोडा' लडाउँ लाग्छ ।
बिन्ती गर्छु परमेश्वर,
स्वास्थ्यलाभ छिट्टै दिनु,
उनकै नाउँमा भाकल गरी,
जोडी ढुकुर उडाउँ लाग्छ ।
अर्को जुनि पाएँ भने,
'आद्य' बनि भेट्न आउँछु,
'मद्य' बनि पर्खीबस्नु,
दिलको प्यास मेट्न आउँछु ।
कहिले काहिँ अति साह्रै,
मनभित्र जलन हुँदा,
प्रितिनाता जोडौँ लाग्छ,
एक्काईसौँ शताब्दी हो,
वैज्ञानिक युग भनि,
'आद्य' 'मद्य' तोडौँ लाग्छ ।
डेरा खोजी सरौँ लाग्छ,
वर्षा शिशिर जे भए नि
प्रिती खोला तरौँ लाग्छ ।
भोक, प्यास, निद चैन,
एकादेशको कथा भयो,
ज्योतिषशाश्त्र छाडी अब,
प्रेमशाश्त्र पढौँ लाग्छ ।
सम्झनामा बाँकी रह्यो,
केवल हाम्रो मिठो अतित,
पागलपनमा अनायासै,
सयौँ 'मोडा' लडाउँ लाग्छ ।
बिन्ती गर्छु परमेश्वर,
स्वास्थ्यलाभ छिट्टै दिनु,
उनकै नाउँमा भाकल गरी,
जोडी ढुकुर उडाउँ लाग्छ ।
अर्को जुनि पाएँ भने,
'आद्य' बनि भेट्न आउँछु,
'मद्य' बनि पर्खीबस्नु,
दिलको प्यास मेट्न आउँछु ।
कहिले काहिँ अति साह्रै,
मनभित्र जलन हुँदा,
प्रितिनाता जोडौँ लाग्छ,
एक्काईसौँ शताब्दी हो,
वैज्ञानिक युग भनि,
'आद्य' 'मद्य' तोडौँ लाग्छ ।
अधुरो उत्सुकता
न त कहिल्यै भावुक भएँ,
न त कहिल्यै लजाउन सकेँ,
न कसैलाई त्याग्न सकेँ,
न जीवनमा सजाउन सकेँ ।
जति चिन्तन भएपनि
मनभित्रै गुम्स्याईरहेँ,
जलिरहेँ एक्लै आँफू,
न नौमती बजाउन सकेँ
न त जानेँ बाँच्ने अर्थ,
न र्समर्पणमा मर्न सकेँ,
शत्रु 'मध्य', 'चार' थियो,
न त सिउँदो भर्न सकेँ ।
'काँडा बीचको फूल' बनेँ
न त सुवास छर्न सकेँ,
न कसैको शिरमा चढेँ,
न ओइलिएर झर्न सकेँ
न त कहिल्यै लजाउन सकेँ,
न कसैलाई त्याग्न सकेँ,
न जीवनमा सजाउन सकेँ ।
जति चिन्तन भएपनि
मनभित्रै गुम्स्याईरहेँ,
जलिरहेँ एक्लै आँफू,
न नौमती बजाउन सकेँ
न त जानेँ बाँच्ने अर्थ,
न र्समर्पणमा मर्न सकेँ,
शत्रु 'मध्य', 'चार' थियो,
न त सिउँदो भर्न सकेँ ।
'काँडा बीचको फूल' बनेँ
न त सुवास छर्न सकेँ,
न कसैको शिरमा चढेँ,
न ओइलिएर झर्न सकेँ
हवनकलीमा फोरमानन्द
(मैथली हाम्रो मातृभाषा त हो, लेकिन राजनीतिमें पितृका भि खुश् करना पड्ता है न !)उपराष्ट्रखती फोरमानन्द झा हालै हवनकली शोमा अन्तरकुन्तर वार्ता दिन पुगे । हिन् दी भाषामा सपथ खाएपछि चर्चामा आएका फोरमानन्द झालाई हवनकलीले समसामयीक बिषयमा प्रश्न सोधेर ऐं ऐं बनाएकी थिइन् । एक प्रसंगमा हवनकलीले सोधिन्-'के तपाईं दौरा सुरुवालको बिरोधी हो ?' जवाफमा झाले अस्वीकार गर्दै भने-'ना, ना, ना । बात के छ कि हामीलाई गर्मी बहुत हुन्छ । दौरा सुरुवालमा हावा आने और जाने भेन्टिलेसन नही होता है न।' हवनकली र फोरमानन्द बिच चरेस काण्ड, हिन्दी काण्ड, बन्दी काण्ड, पावन्दी काण्डजस्ता काण्डै काण्डको बिषयमा रमाइलो कुराकानी भएको थियो । एक प्रसगमा हवनकलीले सोधिन्-'तपाईं न्यायधिस हुंदा चरेस काण्डको तस्करलाई किन छुटाउनु भयो?' आफ्नो प्रतिरक्षा गर्दै फोरमानन्द झाले भने-'कुरा के छ कि हामी बडो धार्मिक मान्छे । गांजा और चरेस भनेको शिवजीको प्रसाद हो । अब प्रसादको कारोबार गर्ने मान्छेलाई उन्मुक्ती दिएर मैले त धार्मिक काम गरेको छु ना । त्यही धर्म गरेको हुनाले त अहिले हामी राष्ट्र्पति -उप भएको छु।' (A for आप, B for बाप, C for चरेस,D for दोबार,H for हिन्दी)उक्त प्रश्तुतीको श्रब्य र दृष्यप्रति चांडै नै बजारमा आउंदैछ-"फोटोकपी" शिर्षकमा। मौकामा चौका हान्न तयार रहनुहोस् । जय मधेश-उत्तर प्रदेश ।
मेरो बानी
मेरो बानी देखेर म आँफैलाई अचम्म लाग्छ । कुनैपनि कामको शुरुवात त गर्ने तर त्यसलाई निरन्तरता दिएर अन्त्य नगर्ने साह्रै खराब बानी छ मेरो । इन्टरनेटमा भुल्ने बानी परेदेखी ब्लगपेज बनाउन लागेको करीब १०-१२ वटा जति बनाएँ होला, तर एउटालाई पनि राम्रोसँग अपडेट गरीन । त्यति धेरै र्साईट अपडेट गर्ने टाइम पनि हुनुपर्यो नि । आफ्नो काम पनि गर्नुपर्यो, साथीहरुका इमेलको रीप्लाई पनि गर्नुपर्यो, अनलाइनमा आएका साथीहरुसँग पनि कुरा गर्नै पर्यो, नेपालीमाया याहु ग्रुप पनि सुरुवात गरेको छु , सवासय जति साथीहरुको नजर पर्छ, त्यसलाई पनि निरन्तरता दिनुपर्यो, अनि कता कता के के गर्न भ्याउनु ? नेपालीफेस.कम, नेपालीफेस.ब्लगस्पट.कम, उत्सुक.ब्लगसम.कम, उत्सुक.ब्लगस्. आईइ, उत्सुक.पेज.टि एल, नेपालीफिल्म.ब्लगसम.कम, टिआरगौतम.गुगलपेजेज.कम, हाईफाइब प्रोफाईल, फ्रेन्डस्टार प्रोफाईल, युटुबमा भिडियो अपलोड, फ्किरमा फोटो अपलोड, स्लाईड.कम र अन्य त्यस्तै साइटमा फोटोहरु पनि अपलोड गर्न सुरुवात गरेको थिएँ । अरुपनि दुइचारवटा साइटहरु छन् होला, अहिले त तिनीहरुको त नाम पनि याद भएन, डायरी नै पल्टाएर हेर्नुपर्ने भयो । मेरो एकजना साथी -(कुन्दन पराजुली) ले भनिरहनु हुन्थ्यो, एउटा साइट बनाऊ न यार अलि राम्रोसँग, के चाहिने नचाहिने गरेर बसिराखेको ? हुनपनि धेरैवटा साइटको शुरुवात गरेको एउटा साइट पनि राम्रो छैन, सबै शुरु गर्दै छाड्दै । शायद मेरो खराब बानी नै यहि हो म हरेक कुरामा उत्सुकता राख्छु , तर निरन्तरता केही कुरालाइ पनि दिन्न ।
चाहना... (Poem)
सँगै हुन पाउने भए....
ठोक्किएर एक-आपसमा सेता काला बादलहरु,
आकासभित्र गुन्जिदैछन् बादलका मादलहरु ।
मिले बादल एकै ठाउँमा झरे सँगै वर्षा बनि,
सँगै र्झन पाउने भए, झर्थे म’नि झरी बनि....
वर्षा झर्यो आकासबाट आँगन छेउ बाटो धारो,
बगे सबै सागर भेट्न, हिलो मैलो भेल बनि,
सँगै बग्न पाउने भए बग्थेँ म’ नि भेल बनि....
हावा जति एक भइ आउँदा खेरी हूरी बनि,
भाँचिदिए रुख कुनै खेतबारीका मकै पनि,
सँगै उड्न पाउने भए, उड्थेँ म’नि हूरी बनि....
कुचोद्वारा कसिङ्गरलाई एकैठाउँमा थुप्रो पारी,
जलाईदिइन् गृहिणीले थुप्रोलाई सलाई कोरी,
सँगै जल्न पाउने भए, जल्थेँ बरु फोहोर बनि.....
-धनिष्ठा....
ठोक्किएर एक-आपसमा सेता काला बादलहरु,
आकासभित्र गुन्जिदैछन् बादलका मादलहरु ।
मिले बादल एकै ठाउँमा झरे सँगै वर्षा बनि,
सँगै र्झन पाउने भए, झर्थे म’नि झरी बनि....
वर्षा झर्यो आकासबाट आँगन छेउ बाटो धारो,
बगे सबै सागर भेट्न, हिलो मैलो भेल बनि,
सँगै बग्न पाउने भए बग्थेँ म’ नि भेल बनि....
हावा जति एक भइ आउँदा खेरी हूरी बनि,
भाँचिदिए रुख कुनै खेतबारीका मकै पनि,
सँगै उड्न पाउने भए, उड्थेँ म’नि हूरी बनि....
कुचोद्वारा कसिङ्गरलाई एकैठाउँमा थुप्रो पारी,
जलाईदिइन् गृहिणीले थुप्रोलाई सलाई कोरी,
सँगै जल्न पाउने भए, जल्थेँ बरु फोहोर बनि.....
-धनिष्ठा....
परदेशबाट...... (poem)
सन्चै छ आमा परदेशी छोरो
बिरानो ठाउँमा,
नरोइ बस्नु सम्झेर मलाइ
सुन्दर गाउँमा ।
कोखीको बास गरायौ मलाइ
दश महिना दुःखमा,
अमृतधारा पिलायौ मलाइ,
भोकाउँदा मुखमा ।
लगायौ मलाइ तेते र नाना
राखेर काखमा
बिसन्चो मलाइ भएमा आँसु
बगायौ आँखामा ।
हिँडायौ मलाइ थिर थिर गर्दै
हातको आडले,
मलाइ मिठो ख्वाएर आँफू,
पेट भर्यौ माडले ।
साहुको धन मुटुको किला,
बेचेर तिलहरी ।
पठायौ स्कूल साँचेर मिठो,
सपना मनभरी ।
पढेर ठूलै प्रगती गर्ला,
छोराले भनेर ।
राखिनौ पेवा, थैलीको दुमु ,
सब दियौ गनेर ।
भाग्यको खेला, कर्मको लेखा
म पढ्न सकिन ।
आमाको रहर पुर्याउने बाटो
म बढ्न सकिन ।
हिड्दैछु अहिले बिरानो बनी,
परदेशी माटोमा ।
फूलको बहार छाडेर लागेँ,
काँडाको बाटोमा ।
तैपनि आमा हजुरको आशिष
लाग्दैछ मलाइ,
अरुको राम्रो सोच्नेलाइ गर्छ,
दैबले भलाइ ।
टिकाराम गौतम "उत्सुक"
ल्वाङघलेल-४ कास्की,
हाल : साउदी
बिरानो ठाउँमा,
नरोइ बस्नु सम्झेर मलाइ
सुन्दर गाउँमा ।
कोखीको बास गरायौ मलाइ
दश महिना दुःखमा,
अमृतधारा पिलायौ मलाइ,
भोकाउँदा मुखमा ।
लगायौ मलाइ तेते र नाना
राखेर काखमा
बिसन्चो मलाइ भएमा आँसु
बगायौ आँखामा ।
हिँडायौ मलाइ थिर थिर गर्दै
हातको आडले,
मलाइ मिठो ख्वाएर आँफू,
पेट भर्यौ माडले ।
साहुको धन मुटुको किला,
बेचेर तिलहरी ।
पठायौ स्कूल साँचेर मिठो,
सपना मनभरी ।
पढेर ठूलै प्रगती गर्ला,
छोराले भनेर ।
राखिनौ पेवा, थैलीको दुमु ,
सब दियौ गनेर ।
भाग्यको खेला, कर्मको लेखा
म पढ्न सकिन ।
आमाको रहर पुर्याउने बाटो
म बढ्न सकिन ।
हिड्दैछु अहिले बिरानो बनी,
परदेशी माटोमा ।
फूलको बहार छाडेर लागेँ,
काँडाको बाटोमा ।
तैपनि आमा हजुरको आशिष
लाग्दैछ मलाइ,
अरुको राम्रो सोच्नेलाइ गर्छ,
दैबले भलाइ ।
टिकाराम गौतम "उत्सुक"
ल्वाङघलेल-४ कास्की,
हाल : साउदी
गजल
फूटाउनु पर्छ अब विकासका मूलहरु,
फूलाउनु पर्छ अब विश्वासका फूलहरु ।
विगतमा जे जे भयो बिर्सीएर तितोपिरो,
प्रण गरौँ, अब फेरी हुने छैनन् भूलहरु ।
धेरै ब्रि्रे धेरै भत्के, धेरै भयो सत्यनास,
सबै मिली टालौँ अब च्यतिएका झुलहरु ।
सुनचाँदी खोज्दा खोज्दा, परदेशमा बित्यो जीवन,
भिजाउँ अब पसीनाले स्वदेशका धुलहरु ।
भ्रष्टाचारी, अत्याचारी, देशद्रोही, सामन्तीको,
समूल नष्ट गर्नेपर्छ देश बिगार्ने शूलहरु ।
गाउँ सहर सबैतिर स्थायी शान्ति हुनर्ुपर्छ,
लागौँ अब, देश विकासमा राष्ट्रप्रेमी हूलहरु ।
शिक्षनीति, अर्थनीति, विकेन्द्रीत हुनै पर्छ,
बन्नुपर्छ अब यहाँ, गाउँ गाउँ पुग्ने पूलहरु ।
हिमाल, पहाड, तर्राई आखिर हामी सबै नेपाली हौँ,
फूलाउनु पर्छ अब विश्वासका फूलहरु ।
-बाबुराम गौतम "आशुतोष"
ल्वाङघलेल कास्की,
हालः रस्लाफान, कतार
फूलाउनु पर्छ अब विश्वासका फूलहरु ।
विगतमा जे जे भयो बिर्सीएर तितोपिरो,
प्रण गरौँ, अब फेरी हुने छैनन् भूलहरु ।
धेरै ब्रि्रे धेरै भत्के, धेरै भयो सत्यनास,
सबै मिली टालौँ अब च्यतिएका झुलहरु ।
सुनचाँदी खोज्दा खोज्दा, परदेशमा बित्यो जीवन,
भिजाउँ अब पसीनाले स्वदेशका धुलहरु ।
भ्रष्टाचारी, अत्याचारी, देशद्रोही, सामन्तीको,
समूल नष्ट गर्नेपर्छ देश बिगार्ने शूलहरु ।
गाउँ सहर सबैतिर स्थायी शान्ति हुनर्ुपर्छ,
लागौँ अब, देश विकासमा राष्ट्रप्रेमी हूलहरु ।
शिक्षनीति, अर्थनीति, विकेन्द्रीत हुनै पर्छ,
बन्नुपर्छ अब यहाँ, गाउँ गाउँ पुग्ने पूलहरु ।
हिमाल, पहाड, तर्राई आखिर हामी सबै नेपाली हौँ,
फूलाउनु पर्छ अब विश्वासका फूलहरु ।
-बाबुराम गौतम "आशुतोष"
ल्वाङघलेल कास्की,
हालः रस्लाफान, कतार
Subscribe to:
Posts (Atom)