बाढीले कास्कीको ल्वाङघलेलमा गाउँ नै जोखिममा
पोखरा, भदौ १४–बुधवार साँझदेखि परेको अविरल बर्षाका कारण मर्दी नदीमा बाढी आउँदा कास्कीको ल्वाङ्गघलेलको खोरामुख गाउँ जोखिममा परेको छ । बाढी बढ्दै गएर नदी र बस्तीवीचको दूरी करिब १५ मिटर मात्रै बाँकी छ ।
बाढीका कारण खोरामुखका करिब एकसय घर जोखिममा परेका ल्वाङ्गघलेलबाट ओमप्रसाद गुरुङ्गले टेलिफोनमा जानकारी दिनुभयो । बाढीले करिब एकहजार रोजनी खेतीयोग्य जमिन समेत कटानको जोखिममा परेको छ । खोरामुख गाउँ मर्दी र ईंदी खोलाको वीचमा पर्ने भएकाले बर्षेनी त्यस क्षेत्रका बासिन्दा बाढीका कारण प्रभावित हुने गरेका छन् ।
बाढीका कारण मर्दी नदी आसपासमा रहेका रिभान र धिताल गाउँ विकास समितिका केही बस्ती समेत जोखिममा परेका छन् । स्थानीय बासिन्दाले मर्दी खोला नियन्त्रण गर्न स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
2 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Black Friday Pet Deals
Black Friday Dog Bed Deals
Black Friday Space Heater Deals
Post a Comment