कास्कीको ल्वाङघलेलमा आल्मण्ड खेती : एक जानकारी (भिडियो सहित)
कास्की जिल्लाको ल्वाङघलेल गा.वि.स. वडा नं. ४ कोलेलीमा नेपालमै पहिलो पटक आल्मण्ड खेती गर्ने योजना छ । तपाईहरु मध्ये धेरैलाई यसबारेमा खुल्दुली लागेको हुनसक्छ, कसरी हुँदैछ, के के गर्ने योजना छ कोलेलीमा, कति लागत र लगानी लाग्छ र कसरी जुटाउने योजना छ ? यस्ता कतिपय प्रश्नहरुका जवाफ तपाईले यो भिडियोबाट पाउन सक्नुहुनेछ । यस भिडियोमा आल्मण्ड स्टडी ग्रुपका प्राविधिक सुन्दर अधिकारीले आल्मण्ड खेती सम्बन्धमा प्राविधिक र आर्थिक हिसाबले के कसरी योजना अगाडी बढ्छ भन्ने विषयमा कृषकहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका छन् । २०६९ साल साउन ६ गते शनिबार एक औपचारिक कार्यक्रममा बोल्दै श्री अधिकारीले यी धारणाहरु राखेका हुन् । कार्यक्रममा आल्मण्ड स्टडी ग्रुपका संयोजक कुशुमकेशव पराजुली लगाएत वि.वि.सी नेपाली सेवाका बरिष्ठ पत्रकार नारायण कार्की, आदर्शसमाजका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोला, कान्तिपूर दैनिकका सम्बाददाता लालप्रसाद सर्मा, गण्डकी टेलिभिजन तथा चकलेट साप्ताहिकका पत्रकार विभासको समेत उपस्थिती रहेको थियो । बाँकी प्रशंग भिडियोमा...
Subscribe to:
Post Comments (Atom)
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment