पैसा कमाउने उत्तम उपाय : सेक्स


        शिर्षक हेर्दा पैसा कमाउनकै लागी यौनकर्मीहरुले गर्ने यौन क्रियालाई आधार बनाएर यो लेख लेखिएको होला भन्ने लाग्न सक्छ तरपनि आज म अलि फरक तरिकाले यो प्रशंगको उठान गरिरहेको छु ।
आजकल इन्टरनेट युजरहरु इन्टरनेटका विभिन्न साइटहरुमा विभिन्न तस्विरहरु, भिडियोहरु तथा विभिन्न लेख रचना हरु प्रकाशित गर्नु सामान्य कुरा हो । यसका साथसाथै इन्टरनेटका विभिन्न साइटहरुमा अनलाईनमा काम गरेर आन्दानी गर्ने क्रम पनि बढिरहेको छ । तर यसका साथसाथै इन्टरनेटका विभिन्न सामाजिक सञ्जालहरुमा तथा व्यक्तिगत ब्लगपेजहरुमा यौनजन्य लेख, तस्विर तथा भिडियोहरु प्रकाशित गर्ने क्रम पनि आजभोली हृवात्तै बढेको छ ।

       कतिपयलाई लाग्ने गर्छ कि यौनजन्य तस्विर तथा यस्तै सामग्रीहरु प्रकाशित गरेपछि वेवसाइट, फ्यानपेज वा ब्लगपेजहरुको चर्चा परिचर्चा र भिजिटरहरु बढाउन सहयोग पुग्दछ । हुन त यस्तो किसिमको सोँच इन्टरनेट प्रयोगकर्ता मात्रै हैन अन्य व्यक्तिहरुसँग पनि नभएको चाहिँ हैन । नेपालको सन्दर्भमा कुरा गर्दा नेपाली चलचित्र निर्माताहरु यो रोगबाट धेरै ग्रसित छन् । यौनजन्य दृश्यहरु तथा त्यस्तै प्रकारका संवादहरु प्रयोग गरेपछि चलचित्र सुपरहिट हुन्छ र मालामाल भइन्छ भन्ने सोचका कारण नेपाली चलचित्रहरु दिन प्रतिदिन घिनलाग्दा बन्दै गएको यथार्थलाई हेर्दा यो कुरा स्पष्ट हुन्छ । के साँच्चै छाडा सम्बाद र सेक्स सिन को नै जमाना आएको हो त ? हेर्दै जाउँ कतिदिन बिक्छ त सेक्स ???

2 comments:

Jhalak said...

Yes, lets see...

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन