महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो पद्यांश धेरै पटक पढेको र सुनेको थिएँ, तथापी वास्तविकतामा सागको स्वाद लिएपनि सिस्नो चाख्ने अवसर चाहिँ जुटेको थिएन । गत साउनको पहिलो साता घर गएको बेला कताबाट हो कुन्नी सिस्नोको कुरा निस्कियो । अनि कहाँ पाइएला त सिस्नो भन्ने कुरा हुदै थियो, सिन्नो त तिप्लेरुममा छ नि, बरु जान पो सकिन्छ कि सकिन्न भनेर भन्नुभो मामा नेत्र अधिकारीले । अस्ति भर्खर त हामी गएका थियौँ, आजकल चाहिँ रोल भरियो होला भने भाई बाबुरामले । अपरान्हको ४ बजेको थियो, वर्षाको समय पानी पर्ने नपर्ने केही अनुमान थिएन । जुका धेरै आउँछन्, तयारी राम्रै गरेर जानुपर्छ भन्ने कुरा आयो । तयारी चाहीँ हाफपाइन्ट लगाउन नहुने, सामान्य जुत्ता वा चप्पल लगाउन नहुने, तर गमबुट लगाउनुपर्ने तथा नुन दलेको टालो गम्बुटमा बाँध्नुपर्ने भन्ने मत सबैको रह्यो । त्यस अनुरुप तयारी गर्दै थियौँ । श्रीमती (गिता) ले म पनि जान्छु भन्न थालिन् । साँझको बेला... उकालो बाटो... जुका धेरै आउँछन् भनेर सम्झाउन त खोजेको तैपनि कहिल्यै नगएको ठाउँ...घुम्ने रहर पनि पुग्छ भन्ने बिचार गरी चारजना अर्थात म, भाई बाबुराम, मामा नेत्र तथा श्रीमती गिता लागीयो तिप्लेरुम जाने उकालो ।
बाटोमा भेटिएका जुका
जुकै जुका भएको बाटोबाट बल्ल तल्ल गर्दै तिप्लेरुम पुगेपछि रमाइलो एवं आनन्द महशुस भयो । आमामा... सिस्नो त कति धेरै, कति सप्रेको... मामाले आफु जन्मेको घरको भग्नावशेष हेर्दै विगत सम्झेर भावुक कुरा गर्नु हुँदै थियो तर एक्कासी बादल मडारिएर आयो अनि पानी पर्ला जस्तो भयो । त्यसपछि हतार हतार लागियो सिस्नो टिप्न ।
अलि अलि त च्वास्स चुस्स पनि पार्यो । तैपनि नयाँ नयाँ कुरामा सधैँ उत्सुक रहने मेरो लागी त्यसले केही फरक पारेन । हामी फटाफट सिस्नो टिप्दै गयौँ ।
बादल धुम्मीएको थियो एक्कासी पानी पर्यो अनि त भागम्भाग । जीउ चिपीचल्लै भएर रुझ्यो, जुका खुट्टा देखी टाउका सम्मै पुगे । कति टोके टोके जुकाले... केही पर्वाह भएन । मोबाइल र क्यामेरा जोगाउनु पर्ने... तैपनि त्यत्रो बाढी पानीमा भिजीहालेछन् । पछि दुइवटै बिग्रीए ।
यस्तो थियो सिस्नो ।
कुकरमा राखेर पकाइयो ।
एउटा गल्ती भएछ... सिस्नो पकाउँदा घिउ, तेल केही पनि प्रयोग गर्न नहुने रहेछ । घिउ तेल राखेपछि सिस्नोको काँडा जस्ताको तस्तै हुने रहेछ ।
भाई बाबुराम र म सिस्नो खाँदै...
0 comments:
Post a Comment