पोखरामा भोली र पर्सी पेट्रोल वितरण हुने भएको छ । जिल्ला प्रसासन कार्यालय कास्कीले आज दिएको जानकारी अनुसार भोली चार पाँग्रे र पर्सी दुइ पाँग्रे सवारी साधनलाई पेट्रोल बाँडिने छ । जोर तथा विजोर नम्बरका आधारमा छुट्टा छुट्टै पम्पबाट वितरण गरिने पेट्रोलको निगरानी भोली नेपाल प्रहरी तथा पर्सी शसस्त्र प्रहरीले गर्ने छ । पुरा विवरण तल हेर्नुहोस् ।
Enjoying in Jumerah beach Dubai.
A great day in Dubai..
Uuuuummmmmmmmm....
A lady from Nepal is swimming in a river in Nepal.
River in Nepal
Arva Vijaya River, Pokhara, Kaski Nepal.
Cha Cha Huuuuiiiiiiiiiiiiiiii
Playing the Ping (Swing) on the occasion of Dashain Festival.
Ready to climb Mt. Everest??
You have to wear such a dress before climb the mountains.
तिजमा दर खुवाउने फरक शैली
भदौ २५, पोखरा,
तिजको रमझम शुरु भइसक्यो, गाउँघरतिर भन्दापनि शहर बजारमा तिजमा दर खाने खुवाउने भड्किलो शैलीविगत केही वर्षयता देखिएको पाइन्छ । तथापि कास्की जिल्लाको कालिका गा.वि.स. स्थित चन्डीका प्रा.वि.काशिक्षक शिक्षिकाहरुले तिजमा दर खाने खुवाउने फरक शैली अपनाएका छन् । विद्यालयका शिक्षक शिक्षिकाहरुलेशुक्रबार पोउमनपा ५ पस्र्याङमा अवस्थित समता शिक्षा निकेतनको अवलोकन भ्रमण गरी विद्यालयकाप्रधानाध्यापक झलक शर्मासँग अन्तरक्रिया समेत गरे । अन्तरक्रियाको क्रममा अध्ययन अध्यापनको क्रममा देखापर्ने समस्याहरु र तिनको निराकरणको बारेमा छलफल भएको थियो । भ्रमणको क्रममा समता निकेतनको शैक्षिक,भौतिक तथा प्रशाशनिक व्यवस्थापनबाट आफूहरु प्रभावित भएको जानकारी चन्डीका प्राथमिक विद्यालयकाप्रधानाध्यापक जमान बहादुर गुरुङले जानकारी दिए । “समताको भ्रमणले धेरै हौसला दियो, हाम्रो विद्यालयलाईअझै सफल र समुन्नत बनाउन प्रयत्न गर्नेछौँ”, गुरुङले थपे ।

विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लैजान उपयुक्त स्थानको छनौट गर्ने उद्देश्यले कास्कीको लुम्लेगा.वि.स.मा अवस्थित क्षेत्रिय कृषि अनुसन्धान केन्द्रको समेत अवलोकन भ्रमण गरियो, शिक्षक टिकारामगौतमले जानकारी दिए ।
दर खाने बहानामा दिनभरी डिस्को शैलीका गीतमा नाच्ने र मापसे गर्ने चलनलाई चुनौति दिँदै विद्यालयकाशिक्षक शिक्षिकाहरु मिलेर विभिन्न क्षेत्रको अवलोलन भ्रमण र स्वास्थयका लागि अत्यन्तै फाइदाजनक शाकाहारीभोजन गरेर तिजको दर खाने कार्यक्रम आयोजना गरिएकोले आफूहरु अत्यन्तै उत्साहित भएको शिक्षिका गितालम्सालले बताइन् ।
शिक्षा कार्यालयको यो गैरजिम्मेबारीपन...
सरकारी कार्यालयहरु कतिसम्म गैरजिम्मेबार हुन्छन् भन्नेकुराको उदाहरण खोज्न अन्त कतै जानुपर्दैन, केवल जिल्ला शिक्षा कार्यालय कास्कीको वेबसाइट हेरे पुग्छ । सुचना र संचारको आजको युगमा इन्टरनेटको सहायताले दिनभरको काम छिनभरमै हुन सक्छन् । तरपनि कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुँइटेल पछि अम्बिका प्रसाद आचार्य सरुवा भएर आएको महिनौँ बितिसक्दा पनि जिल्ला शिक्षा कार्यालयको आधिकारीक वेबसाइट www.deokaski.gov.np मा भने नयाँ जिल्ला शिक्षा अधिकारीको नाम अहिले सम्म पनि अपडेट गरिएको छैन । त्यति मात्र हैन, कार्यालयको कर्मचारी विवरण पेजमा केबल चार जनाको मात्र नाम रहेको छ । जसमा फोटो सहित जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुँइटेलको नाम यथावत छ भने त्यसपछिको क्रममा ठेगाना नभएका र फोटो पनि नभएका मार्केटिङ मेनेजर सुरेश थारुको नाम रहेको छ । त्यसपछि ठेगाना नखुलाईएका किरण रानाको नाम र तस्बिर रहेको छ । उनको पिएन पदको स्पेलिङ 'Piun' लेखिएको छ । त्यसपछिको क्रममा 'बनेपा, काभ्रे सिन्धुपाल्चोक' ठेगाना उल्लेख गरिएका दिपक अधिकारी र निजको तस्विर सहित पदः मुखिया उल्लेख छ । त्यतिमात्र हैन, वेबसाइटमा राखिएका विभिन्न लिंकमा क्लिक गर्दा त्यहाँ कुनै पनि जानकारी खुल्दैन । अर्थात् ती पेजहरु अपडेट नै गरिएको छैन ।
कास्की जस्तो सुविधासम्पन्न जिल्लाको जिल्ला शिक्षा कार्यालयको वेबर्साईटमा उल्लेखित यी विवरण हेर्दा जो कोही सरोकारवालाहरुलाई पनि सहजै थाहा हुन्छ कि प्रविधिको ढ्वाङ पिटेर प्रत्येक विद्यालका शिक्षक र विद्यार्थीको विवरण कम्प्युटरमा अपडेट गर्नुपर्ने निर्देशन दिने सरकारी अड्डाले कतिसम्म लापरबाही र गैरजिम्मेबारपूर्ण कार्य गर्न सक्दा रहेछन् भनेर । नेपालमा बनेपा, काभ्रे सिन्धुपाल्चोक भन्ने ठाउँ कुन स्थानमा छ भन्नेकुराको जानकारी यो पङ्तिकारलाई नभएकोले यसको खोजी गर्ने कार्य पनि शिक्षा कार्यालयले नै गरोस् भन्न चाहन्छु । साथै निकट भविष्यमै वेबसाइट अपडेट गर्न जोडदार माग गर्दै यस्ता गैरजिम्मेबारपूर्ण कार्यले यसै जिल्लाको सरकारी विद्यालयमा कार्यरत म जस्ता जिम्मेबार र कर्तव्यनिष्ठ शिक्षकको शिर निहुरिन पुगेको नम्र निवेदन गर्दछु ।
मलाई के थाहा...
मलाई के थाहा तिम्ले मन अन्तैतिर मोड्छ्यौ भन्ने,
सँगै जिउने बाचा कसम यति छिटै तोड्छ्यौ भन्ने ।
मेरो मनको बँगैचाका फूल सबै सुक्दैगए,
मलाई के थाहा पराईको फूलबारी गोड्छ्यौ भन्ने ।
प्रतिक्षामा सारा रात तारा गन्दै बितिगए,
मलाई के थाहा तिम्ले नाता अर्कैसँग जोड्छ्यौ भन्ने ।
सपनमा सजाएथेँ हिरा मोती जडित महल,
मलाई के थाहा सारा सपना सिसासरी फोड्छ्यौ भन्ने ।
तिमी सँगै यात्रा गर्ने धोको कहिल्यै नपुग्ने भो,
मलाई के थाहा यो उत्सुकलाई बीच बाटोमै छोड्छ्यौ भन्ने ।
© उत्सुक
प्रेम दिवशमा...
लभ्ली हिलको डाँडामाथी आउनु है प्रेम दिवशमा
मधुर स्वरले प्रेमको गीत गाउनु है प्रेम दिवशमा ।
त्यसै राम्री काली तिमी, हिस्सी पर्या मुहार तिम्रो,
निधारमा रातो टिका लगाउनु है प्रेम दिवशमा ।
शायद म चाहिँ पहिल्यै पुगी प्रतिक्षामा हुन्छु होला,
तिमी आई च्याप्प हातमा समाउनु है प्रेमदिवशमा ।
तिमी आँखा बन्द गर्नु, मैले चुम्दा अधरमा,
बिस्तार बिस्तार प्रेमको दियो जलाउनु है प्रेमदिवशमा ।
तिमी स्वयं प्रेमको सागर म त परेँ प्रेमप्यासी,
यो उत्सुकलाई प्रेमसागरमा डुबाउनु है प्रेमदिवशमा ।

हुन्छ भनेकी हौ...
तिम्रै भरमा पर्छु भन्दा हुन्छ भनेकी हौ,
तिम्रै लागी मर्छु भन्दा हुन्छ भनेकी हौ ।
वर्षौँ देखी साँचिएको मनभरीको माया,
तिमीलाई गर्छु भन्दा हुन्छ भनेकी हौ ।
हिउँदको बाँझो खेत झैँ तिम्रो खाली सिउँदो,
मेरै हातले भर्छु भन्दा हुन्छ भनेकी हौ ।
सृष्टि धान्ने अनमोल सन्तानको बीउ,
तिम्रै खेतमा छर्छु भन्दा हुन्छ भनेकी हौ ।

Subscribe to:
Posts (Atom)