Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

ल्वाङ गाउँबासीको गौरब : चलचित्र "कर्म"


मस्यैकुँकोट आमा समूह ल्वाङको पहिलो प्रस्तुति गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र कर्म दर्शकहरुको विषेश अनुरोधमा पोखरामा पुनः प्रदर्शन गरिएको छ । सुन्दर पर्यटकिय गाउँ ल्वाङ, धम्पुस, घान्द्रुक लगाएत पोखराका साथै तनहुँ र लमजुङमा समेत छायाँङ्कन गरिएको चलचित्र कर्मको प्रथम प्रदर्शन भने गत महिना अर्थात् असोज ३० गते पोखराको कल्पना सिनेमा हलमा गरिएको थियो । उक्त दिन तीन शो गरी चलचित्र प्रदर्शन गरिएको भएपनि दर्शकहरुको अत्याधिक भिडका कारण कैयौँ दर्शकहरु चलचित्र हेर्नबाट वञ्चित भएका थिए ।
चलचित्र कर्ममा विष्णु गुरुङ, अजय गुरुङ, शान्ति गुरुङ, रिश्मा गुरुङका साथमा ल्वाङ निबासी देवराज गुरुङ, चिजमान गुरुङ, वर्षा गुरुङ, ध्रुव गुरुङ, भरत गुरुङ, जापान गुरुङ लगाएतका कलाकारहरुको साथमा आदर्श समाज राष्टिय दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बाँस्तोलाको समेत अभिनय रहेको छ । गुरुङ संस्कृतिका विविध पक्षलाई केलाउने प्रयास गरीएको यस चलचित्रमा गुरुङ युवा युवतीबीचको प्रेम कथालाई पनि बडो रोचक ढंगले प्रस्तुत गरिएको छ । गुरुङको छोरा भएपछि लाहुरे हुनैपर्छ भन्ने पुरातन मानसिकतालाई चिर्ने प्रयास यस चलचित्रले गरेको छ । चलचित्रका नायकहरु ब्रिटिश आर्मीमा भर्ती हुन जति प्रयास गर्दा पनि असफल भएपछि आफ्नै देशमा रोजगारी गरेर नाम कमाउन सफल भएको कुरालाई चलचित्रले मुख्य रुपमा उठान गरेको छ । ब्ल्याक फ्रेम स्टुडियो पोखरामा सम्पादन गरिएको चलचित्र प्राविधिक रुपमा त्यति सबल नदेखिए पनि निर्देशक बोनी गुरुङको पहिलो प्रयासलाई तारिफ गर्न मिल्ने ठाउँहरु प्रशस्त भेटिन्छन् । द्धन्दको दृश्य नराखिएको चलचित्र कर्म सांगितिक रुपमा भने सबल रहेको छ । ल्वाङ गाउँमा फूलै फुलेको... बोलको गीत दर्शक स्रोताहरुले रुचाएका छन् । त्यसै गरी रादो रादो नौमती बाजा... बोलको गीत पनि उत्कृट छ । ल्वाङघलेललाई जति आकर्षक रुपले प्रस्तुत गरिनुपर्थ्यो त्यति नगरिएको आभाष चलचित्र हेरिसकेपछि महशुस हुन्छ । ल्वाङ बाहेक कोलेली, घलेल, खोरामुख, इदिखोला, सिउँ, ढिक्ला, साखु, ठाँटी, ओल्चे, लुम्रे, कालीमाटी, सिधिङ, कुइवाङ, इमु, तक्रो, प्रुन्धु लगाएतका गाउँहरुलाई समेत समेट्न सकेको भए अझै सुनमा सुगन्ध हुनेथियो जस्तो लाग्छ । कोलेलीको भजनलाई एक झल्को देखाइएको भएपनि चलचित्रमा उचित स्थान दिइएको छैन । तरपनि ल्वाङ गाउँबासीले चाहिँ गौरब गर्नसक्ने चलचित्र चाहिँ अवस्य बनेको छ चलचित्र कर्म ।


चलचित्र कर्म हेर्न दर्शकको भिड 

एनसेलका ग्राहकहरु मर्कामा

पहिलेको मेरो मोबाइल अर्थात अहिलेको एनसेल । नयाँ नयाँ योजनाका साथ बजारमा आक्रामक रुपमा प्रस्तुत भएर नेपाल टेलिकमको मोबाइल सेवालाइ समेत चुनौती दिइरहेको एनसेल कास्की जिल्लाको ल्वाङघलेलको कोलेलीमा चाहिँ कामै नलाग्ने भएको छ । एनसेलका सयौँ ग्राहक रहेको कोलेली र आसपासका क्षेत्रमा एनसेल नेटवर्कले काम गर्दा एनसेल प्रयोगकर्ता र तिनका आफन्त मर्कामा परेका छन् । पहिले राम्रोसँग एनसेल टिप्थ्यो, तर अहिले भने एनसेल प्रयोगकर्ताको मोवाइलबाट न फोन जान्छ, न आउँछ । मोबाइल सेटहरु गेम खेल्न र रेडियो सुन्न वा फोटो खिच्नको लागी मात्रै प्रयोगमा आएका छन् । स्वदेश तथा विदेशमा रहेका आफन्तले ल्वाङघलेलको कोलेलीमा रहेका आफन्तलाई फोन गर्दा सँधै एउटै वाक्य सुन्ने गरेका छन्, त्यो हो - "माफ गर्नुहोला, तपाईले डायल गर्नुभएको नम्बर अहिले उपलब्ध हुन सकेन, कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। (Sorry, the number you have dailed is can not be reached at the moment, please try again later.)"  यो समस्या एनसेलको कानमा पुगोस् र छिटो भन्दा छिटो समस्याको समाधान होओस् , स्थानियबासीहरुले यहि माग गरेका छन् ।

भेट भइयो


सिधिङ देखी लुम्रे सम्म झर्‍यौ र पो भेट भइयो,
वर्षा यामको मर्दीखोला तर्‍यौ र भेट भइयो ।
तडि्पएको थियो उत्सुक मायाको प्यास मेट्नै नपाई,
घलेल बाटै तिम्ले चारो छर्‍यौ र पो भेट भइयो ।
......................................................................................................................................................................................................................................................................................................................................

दशैँ तिर अनुसन्धान साहित्य सदन कोलेलीको पुस्तक निस्कदै छ रे... सबै गजल अहिले नै सार्वजनिक नगरौँ होला ।

किशोरीहरुलाई यौनको बारेमा कति चासो...

आज एकजना स्कूले नानीसँग भेट भयो । उनि मैले पढाउने विद्यालय नजिकै आर्बा विजय मा.वि. मा पढ्छिन्  । पहिले हाम्रो विद्यालयमा पढेकी, कहिलेकाहिँ त्यहाँ आउँछिन् आज पनि आइन् । धेरैपटक भेट भइरहने हुनाले उनि म सँग खुलेर कुरा गर्छिन् । हातमा एउटा सेतो कागज थियो, मैले सोधेँ, "के हो यो ?" "आज परीक्षा थियो, प्रश्नपत्र हो ।" उनले जवाफ दिइन् । "खै खै हेरौँ, कस्ता प्रश्न आएछन् ?" मैले मागेँ उनको प्रश्नपत्र । नवौँ कक्षाको जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र रहेछ । शुरुको प्रश्नबाट क्रमशः मैले "यो प्रश्नको उत्तर के लेख्यौ ?" भन्दै सोधेँ, तर उनले चित्तबुझ्दो जवाफ दिइनन् । एउटा प्रश्न थियो परिवार नियोजनका विधिहरुको बारेमा । मैले भने, "परिवार नियोजन त स्थायी र अस्थायी गरी दुइ किसिमको हुन्छ हैन र " उनले हत्त न पत्त जवाफ दिइन्, "वास्तवमा परीवार नियोजनका विधि प्राकृतिक र अप्राकृतिक गरी दुइ किसिमका हुन्छन् ।" मैले तत्काल सोधेँ, "प्राकृतिक विधि भन्नाले ?" उनले बाहृय स्खलन विधि, छन्द विधि र योनिरस परिक्षण विधिको बारेमा विस्तृत जानकारी दिइन् । मैले उनिसँग अरु प्रश्नको उत्तर सोधेँ, उनले धेरथोर जवाफ त दिइन् तर प्रजनन् र यौन सम्बन्धि प्रश्न बाहेक अरु प्रश्नको जवाफ उनलाई पूरा आएन । मैले सोधेँ, "भोली कुन विषय छ ?" उनको जवाफ थियो अर्थशास्त्र । मैले उनिसँग मार्शल तथा रविन्सले दिएको अर्थशास्त्रको परिभाषा सोधेँ, तर उनलाई अलिअलि परिभाषा त आयो, तर कुन परिभाषा कसको भन्ने चाहिँ आएन । यसपछि मलाई के लाग्यो भने जसको जुन विषयमा जति चासो छ, त्यो विषयमा उसले त्यति नै धेरै सिक्न सक्छ । तपाईलाई चाहिँ के लाग्छ ?

रातभरीको वर्षाले पोखराको बस्ती जोखीममा ।



पोखरा १९ भदौ, रातभरी परेको अविरल वर्षाका कारण पोखरा उमनपा १३ पाटनबेँशीको दुधपोखरी चोकमा घट्टेखोला र विजयपूर खोलाको दोभानमा विजयपूर खोलाले कटान गरेपछि । पाटनबेँशी जोखिममा परेको छ । खोला सडकको नजिकै आइपुगेको कारण दुधपोखरी चोकका स्थानियबासीहरु पिडित बनेका छन् । खोला र सडक बीचको दूरी अब करिब एक डेढ मिटर मात्र बाँकी रहेकाले फेरी पनि खोला बढेको खण्डमा सडक सँगसँगै बस्ती पनि खतरामा परेको छ । आर्बा विजय गाविस लगाएतका गा.वि.स.बाट पोखरा छिर्ने नाका भएको कारण दूधपोखरी, ताङतिङ, सिक्लेस लगाएतका विभिन्न स्थानमा जाने बाटो भएका कारण यो सडक खण्डको महत्व अत्याधिक रहेको छ । पाटनबेँसी क्षेत्र र खासगरी दूधपोखरी चोकमा बाक्लो बस्ती भएका कारण खोलाले केही मिटर मात्रै कटान गरेको खण्डमा सर्वनास निम्त्याउने खतरा बढेको छ । यसैबीच आज विहानै जम्मा भएको स्थानिय बासीको भेलाले विजयपूर खोला नियन्त्रण गर्न स्थानिय सरकार सँग आग्रह गरेको छ ।

"टिकाराम" हरुको राम कहानी...

लौ सुन... म भन्छु मेरो रामकहानी...

          मेरो नाम टिकाराम गौतम । कस्तो बेकारको नाम... मलाई यस्तै लाग्थ्यो । कमसेकम नाम राख्नुअघि विचार पुर्‍याउनु पर्दैन ? पक्कै यो मेरो नाम राख्नुमा कि त न्वारान गर्ने पण्डितको गल्ती छ, कि त मेरा बा आमाको । मेरो नाम मात्रै टिका तर फिका... कुनै रंग छैन, जीवनका रंगहरु बिना टिका कसरी रंगीन हुन सक्छ ? जीवनका रंगहरु भर्न त कला हुनुपर्‍यो नि । मलाई केही कला पनि नदिने भगवान पनि उस्तै । टिका नाम भएका मान्छेको प्रोफाइल हेरेँ, टिका भण्डारी बरिष्ठ संगीतकार, रेडियो नेपालमा जागिरे त्यो पनि डेपुटी डाइरेक्टर जस्तो पदमा । उनका फ्यानहरु देश बिदेशमा कति हो कति... टिका पहाडी बरिष्ठ कलाकार, टेलिचलचित्र, सेल्युलाइड चलचित्र गरेर सयौँ चलचित्रमा अभिनय... कहिले राजेश हमालको बा, कहिले निखिल उप्रेतीको ससुरा, कहिले सुनिल थापाको ज्वाई । उनलाई चिन्ने पनि कति हुन् कति । म बबुरो... कास्कीको कोलेलीमा जन्मेपनि, काहूँखोला बसेर कालिकाको कुनामा कुद्दैमा जिन्दगी जाला जस्तो भइसक्यो ।
          अँ साँच्ची, थर चाहिँ गौतम । गौतमहरुको प्रोफाइल हेरेँ । कुलचन्द्र गौतम, राष्टि्य अन्तर्राष्टि्य रुपमा ख्याति प्राप्त  व्यक्तित्व, संयुक्त राष्टसँघको महासचिव पदकै दाबेदार पहिलो नेपाली । बामदेब गौतम, नेपाली राजनीतिका चर्चित नेता, जति पटक गृहमन्त्री हुन्छन् उति चर्चामा । म गौतम... गाउँमा जन्मेर गोठालो गर्दैमा गतिलो मान्छे हुनै नपाई यो गति...। म पनि टिका भन्डारी, टिका पहाडी जस्तो हुन किन नसकेको... कुलचन्द्र गौतम, बामदेब गौतम जस्तो किन हुन नसकेको... मलाई धिक्कार लाग्यो ।
म यस्तै यस्तै पिडाले छट्पटिरहँदा आजभन्दा ठिक एकवर्ष अघि पोखराको रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर दिपेन्द्र श्रेष्ठसँग साक्षात्कार गर्ने चाँजोपाँजो मिल्यो । वहाँले मलाई आर्ट अफ स्पिकिङको बहानामा आर्ट अफ लिभिङ सिकाइदिनुभयो । वहाँले भन्नुभयो, "सकारात्मक सोचका साथ अगाडी बढेको खण्डमा हात खुट्टा नहुने व्यक्तिले त जीवनमा हरेश नखाई अगाडी बढ्न सक्छन् भने, हामीसँग त सबथोक छ ।" हामीसँग नभएको कुरा हैन, भएको कुराबाट सोच्न वहाँले नै सिकाउनुभयो ।
          त्यसपछि मैले फेरी अरु टिकारामहरुको खोजी गरेँ । कैलाली टिकापूरका टिका चौधरी टन्टलापूर घाममा टिनको ट्याङ्की बनाउने काममा खटिँदा रहेछन् । सालघारी संखुवासभाका टिकाराम सापकोटा सिमलका काठ चिर्दै सास्ती खेप्दै रहेछन् । पर्वत पाङका टिकाराम पौडेल पैसा कमाउन पाकिस्तानको पंजाब पुगेको पाँच महिनासम्म पगार नपाएर पिडा खेप्दै रहेछन् । बुङ्कोट बाग्लुङका टिकाराम बराल बिहारमा व्यथाले च्यापेर बिरामी परेका सबैले बेवास्ता गरेपछि बेहाल भएका रहेछन् । टिकारामहरुको रामकहानी बुझेपछि म लागेँ गौतमहरुको गीता पल्टाउन तर्फ ।
          गौतमहरुले पनि थोरै गोता पाएका रहेनछन् । गंगापूर गीतानगरका गिरीधारी गौतम गायक बन्छु भनेर गीतार सिक्दा सिक्दै गला बसेपछि गुमनाम भएछन् । हरिचोक, हटियाका हरिलाल गौतम हजार हजारका हात्ती कमाउन हस्तिनापूर  पुगेपनि कहिले हरिद्धार त कहिले हिमाञ्चल गर्दै उतै हराएछन् । गौरादह गणेशटोलका गगन गौतम गिनीज बुकमा नाम लेखाउने गफ दिएर ग्राउन्डमा गेम खेलेपनि गोल गर्न नसकेर गोपाल गौलीको गाली खाएछन् । गौतमको यस्ता गतिबिधि पनि मैले धेरै हेरेँ गुगलबाट ।
           तरपनि कास्कीको टिकाराम गौतम पढाउने पेशा गरेरै भएपनि परिवारको पेट पालेकै छ । मानो चामल मागेर खानुपरेको छैन । साथी धेरै भएनन् होला, सकेसम्म शत्रु चाहिँ कमाएको छैन ।  हैरान भएपनि हाँसेकै छ, खाइनखाइ भएपनि खुसी नै छ । बास्तविकतामा बसेर लेखेको ब्लग पढ्ने त बग्रेल्ती हुन्छन् तर कमेन्ट लेख्नेचाहिँ बिरलै.... यहि त छ बिडम्बना...।