Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

प्रेम दिवशमा...

लभ्ली हिलको डाँडामाथी आउनु है प्रेम दिवशमा
मधुर स्वरले प्रेमको गीत गाउनु है प्रेम दिवशमा ।

त्यसै राम्री काली तिमी, हिस्सी पर्या मुहार तिम्रो,
निधारमा रातो टिका लगाउनु है प्रेम दिवशमा ।

शायद म चाहिँ पहिल्यै पुगी प्रतिक्षामा हुन्छु होला,
तिमी आई च्याप्प हातमा समाउनु है प्रेमदिवशमा ।

तिमी आँखा बन्द गर्नु, मैले चुम्दा अधरमा,
बिस्तार बिस्तार प्रेमको दियो जलाउनु है प्रेमदिवशमा ।

तिमी स्वयं प्रेमको सागर म त परेँ प्रेमप्यासी,
यो उत्सुकलाई प्रेमसागरमा डुबाउनु है प्रेमदिवशमा ।

हुन्छ भनेकी हौ...

तिम्रै भरमा पर्छु भन्दा हुन्छ भनेकी हौ,
तिम्रै लागी मर्छु भन्दा हुन्छ भनेकी हौ ।

 वर्षौँ देखी साँचिएको मनभरीको माया,
तिमीलाई गर्छु भन्दा हुन्छ भनेकी हौ ।

 हिउँदको बाँझो खेत झैँ तिम्रो खाली सिउँदो,
 मेरै हातले भर्छु भन्दा हुन्छ भनेकी हौ ।

 सृष्टि धान्ने अनमोल सन्तानको बीउ,
 तिम्रै खेतमा छर्छु भन्दा हुन्छ भनेकी हौ ।

दुबईमा...



घुमाउँदैछु जिन्दगीको चर्खा दुबईमा,
बिताउँदैछु हिउँद अनि वर्षा दुबईमा ।

साह्रै प्यासी भाको बेला समुद्रमै पौडी खेल्छु ,
तरपनि नमेटिने तिर्खा दुबईमा ।

स्वदेशमा सबैजना आफन्त झैँ लाग्थ्यो,
आफ्ना पनि हुँदा रैछन् अर्का दुबइमा ।

जहाँ गयो त्यहिँ पिडित कस्तो रैछ कर्म,
कसले बुझ्ने यो उत्सुकको मर्का दुबईमा ।

...त्यो बेलामा पानी थियौ

यति ठूली भइ सकिछौ, मैले भेट्दा सानी थियौ ।
अब त राफिली भइछौ, त्यो बेला बिहानी थियौ ।

मैले सिँगान पुछिदिन्थेँ, काखमा बस्थ्यौ खुसी हुदै,
कैले काखमै सु गर्दिन्थ्यौ तर सबकी दिवानी थियौ ।

रीस लाज लोभ इर्ष्या के हो भन्ने थाहा थिएन,
सबै सँग बराबरी, हर नयनको नानी थियौ ।

कता गए तिम्रा सबै बालसुलभ बानीहरु ?
अचेल तिमी आगो भइछौ, त्यो बेलामा पानी थियौ ।

अहिले एक्लै एक्लै देख्छु , कसलाई हो र पर्खिएको ?
सबको काखै काखमा बस्ने कति भाग्यमानी थियौ ।

...याद आयो ।

खोली छेउमा ऊनीसँगै नुहाएको याद आयो ।
मैलो जीऊ उनकै हातले धुवाएको याद आयो ।

ढाडतिर हात पुगेन मिचिदेउन काली,
यहि निहुँमा अंग अंग छुवाएको याद आयो ।

उनले ल्याउँथिन् मिठो अचार, मैले ल्याउँथे काँक्रो
चिरा चिरा पारी ऊनलाई खुवाएको याद आयो ।

चकचक गर्थिन ऊनि पनि, म पनि त उल्का,
जिउभरी चिमोटेर रुवाएको याद आयो ।

बरु कान्छी ल्याऊ न भन्छे...

बिहे भयो, बच्चा भयो कामै कामको भार बढ्यो ।
सधैँ भरी व्यस्त हुँदा जिन्दगीमा निस्सार बढ्यो ।
घरको कामै कामले हैरान भएर हो कि,
अभावको पिडाले दिक्दार भएर हो कि,
मेरी बुढी त्यसै त्यसै मर्कन्छे ।
आजकल के भाको छ कुन्नी सानो सानो कुरामा पनि झर्कन्छे ,
खै किन हो कुन्नी ए बुढा बरु कान्छी ल्याऊ न भन्छे ।

म जूनको कुरा गर्छु ऊ नुनको कुरा गर्छे ।
म धुनको कुरा गर्छु ऊ बिस्कुनको कुरा गर्छे ।
कति व्यवहारिक, कति चिन्तित
सुन भन्दा धेरै लसुनको कुरा गर्छे ।
कति गर्नु कामको चिन्ता उसको काखमा बस्न खोज्छु
सबै कुरा बिर्सिएर अंगालोमा कस्न खोज्छु ।
बुढि पटक्कै मान्दिन झन् पर पर तर्कन्छे
कै किन हो कुन्नी ए बुढा बरु कान्छी ल्याऊ न भन्छे ।

आखिर जे जे भएपनि पिरतीको मेल उस्तै,
जति पिर परेपनि जवानीको भेल उस्तै,
थकाइ हो कि निद्रा प्यारो
सुत्न नपाई निदाइहाल्छे
म यता तान्छु ऊ उता फर्किन्छे ,
खै किन हो कुन्नी ए बुढा बरु अर्की ल्याऊ न भन्छे ।