Enjoying in Jumerah beach Dubai.

A great day in Dubai..

Uuuuummmmmmmmm....

A lady from Nepal is swimming in a river in Nepal.

River in Nepal

Arva Vijaya River, Pokhara, Kaski Nepal.

Cha Cha Huuuuiiiiiiiiiiiiiiii

Playing the Ping (Swing) on the occasion of Dashain Festival.

Ready to climb Mt. Everest??

You have to wear such a dress before climb the mountains.

...याद आयो ।

खोली छेउमा ऊनीसँगै नुहाएको याद आयो ।
मैलो जीऊ उनकै हातले धुवाएको याद आयो ।

ढाडतिर हात पुगेन मिचिदेउन काली,
यहि निहुँमा अंग अंग छुवाएको याद आयो ।

उनले ल्याउँथिन् मिठो अचार, मैले ल्याउँथे काँक्रो
चिरा चिरा पारी ऊनलाई खुवाएको याद आयो ।

चकचक गर्थिन ऊनि पनि, म पनि त उल्का,
जिउभरी चिमोटेर रुवाएको याद आयो ।

बरु कान्छी ल्याऊ न भन्छे...

बिहे भयो, बच्चा भयो कामै कामको भार बढ्यो ।
सधैँ भरी व्यस्त हुँदा जिन्दगीमा निस्सार बढ्यो ।
घरको कामै कामले हैरान भएर हो कि,
अभावको पिडाले दिक्दार भएर हो कि,
मेरी बुढी त्यसै त्यसै मर्कन्छे ।
आजकल के भाको छ कुन्नी सानो सानो कुरामा पनि झर्कन्छे ,
खै किन हो कुन्नी ए बुढा बरु कान्छी ल्याऊ न भन्छे ।

म जूनको कुरा गर्छु ऊ नुनको कुरा गर्छे ।
म धुनको कुरा गर्छु ऊ बिस्कुनको कुरा गर्छे ।
कति व्यवहारिक, कति चिन्तित
सुन भन्दा धेरै लसुनको कुरा गर्छे ।
कति गर्नु कामको चिन्ता उसको काखमा बस्न खोज्छु
सबै कुरा बिर्सिएर अंगालोमा कस्न खोज्छु ।
बुढि पटक्कै मान्दिन झन् पर पर तर्कन्छे
कै किन हो कुन्नी ए बुढा बरु कान्छी ल्याऊ न भन्छे ।

आखिर जे जे भएपनि पिरतीको मेल उस्तै,
जति पिर परेपनि जवानीको भेल उस्तै,
थकाइ हो कि निद्रा प्यारो
सुत्न नपाई निदाइहाल्छे
म यता तान्छु ऊ उता फर्किन्छे ,
खै किन हो कुन्नी ए बुढा बरु अर्की ल्याऊ न भन्छे ।

साग र सिस्नो खाएको बेश आनन्दी मनले...

महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो पद्यांश धेरै पटक पढेको र सुनेको थिएँ, तथापी वास्तविकतामा सागको स्वाद लिएपनि सिस्नो चाख्ने अवसर चाहिँ जुटेको थिएन । गत साउनको पहिलो साता घर गएको बेला कताबाट हो कुन्नी सिस्नोको कुरा निस्कियो । अनि कहाँ पाइएला त सिस्नो भन्ने कुरा हुदै थियो, सिन्नो त तिप्लेरुममा छ नि, बरु जान पो सकिन्छ कि सकिन्न भनेर भन्नुभो मामा नेत्र अधिकारीले । अस्ति भर्खर त हामी गएका थियौँ, आजकल चाहिँ रोल भरियो होला भने भाई बाबुरामले । अपरान्हको ४ बजेको थियो, वर्षाको समय पानी पर्ने नपर्ने केही अनुमान थिएन । जुका धेरै आउँछन्, तयारी राम्रै गरेर जानुपर्छ भन्ने कुरा आयो । तयारी चाहीँ हाफपाइन्ट लगाउन नहुने, सामान्य जुत्ता वा चप्पल लगाउन नहुने, तर गमबुट लगाउनुपर्ने तथा नुन दलेको टालो गम्बुटमा बाँध्नुपर्ने भन्ने मत सबैको रह्यो । त्यस अनुरुप तयारी गर्दै थियौँ । श्रीमती (गिता) ले म पनि जान्छु भन्न थालिन् ।  साँझको बेला... उकालो बाटो... जुका धेरै आउँछन् भनेर सम्झाउन त खोजेको तैपनि कहिल्यै नगएको ठाउँ...घुम्ने रहर पनि पुग्छ भन्ने बिचार गरी चारजना अर्थात म, भाई बाबुराम, मामा नेत्र तथा श्रीमती गिता लागीयो तिप्लेरुम जाने उकालो ।

बाटोमा भेटिएका जुका


जुकै जुका भएको बाटोबाट बल्ल तल्ल गर्दै तिप्लेरुम पुगेपछि रमाइलो एवं आनन्द महशुस भयो । आमामा... सिस्नो त कति धेरै, कति सप्रेको... मामाले आफु जन्मेको घरको भग्नावशेष हेर्दै विगत सम्झेर भावुक कुरा गर्नु हुँदै थियो तर एक्कासी बादल मडारिएर आयो अनि पानी पर्ला जस्तो भयो । त्यसपछि हतार हतार लागियो सिस्नो टिप्न ।

अलि अलि त च्वास्स चुस्स पनि पार्यो । तैपनि नयाँ नयाँ कुरामा सधैँ उत्सुक रहने मेरो लागी त्यसले केही फरक पारेन । हामी फटाफट सिस्नो टिप्दै गयौँ ।



बादल धुम्मीएको थियो एक्कासी पानी पर्यो अनि त भागम्भाग । जीउ चिपीचल्लै भएर रुझ्यो, जुका खुट्टा देखी टाउका सम्मै पुगे । कति टोके टोके जुकाले... केही पर्वाह भएन । मोबाइल र क्यामेरा जोगाउनु पर्ने... तैपनि त्यत्रो बाढी पानीमा भिजीहालेछन् । पछि दुइवटै बिग्रीए ।
यस्तो थियो सिस्नो ।


कुकरमा राखेर पकाइयो ।


एउटा गल्ती भएछ... सिस्नो पकाउँदा घिउ, तेल केही पनि प्रयोग गर्न नहुने रहेछ । घिउ तेल राखेपछि सिस्नोको काँडा जस्ताको तस्तै हुने रहेछ ।

भाई बाबुराम र म सिस्नो खाँदै...


गजल

तिम्ले न्यानो अंगालोमा कसेपछी मजा आयो 
लाली ओठले अधरभरी डसेपछी मजा आयो ।

फसाउन तीमीलाई फीजाएथें मायाजाल 
आखीर आफै तीम्रो जालमा फसेपछी मजा आयो ।

तीम्रो नजीक हुन यो ज्यान कती धायो धायो 
स्वयं तीमी काखमा आई बसेपछी मजा आयो ।

साँघुरो पो रैछ गाँठे तीम्रो दीलमा जाने दैलो 
अटस मटस गर्दै भीत्र पसेपछी मजा आयो ।

आगो सामू कती टीक्नू 'उत्सुक'रूपी नौनी
थोपा थोपा गर्दै फुत्त खसेपछी मजा आयो ।।

नाम जुराउने नयाँ तरिका ।

केही वर्ष पहिले सम्म बच्चा जन्मेपछि उ जन्मेको समय अनुसार नक्षत्रबाट नाम जुराएर न्वारानमा नाम राख्ने चलन थियो । शायद मेरो नाम पनि त्यसैगरी राखियो होला । टिकाराम  मो, टा, टि, टु पुर्वफाल्गुनी नक्षत्र सिंह राशी । सानो सानोमा वास्ता भएन.. तर अलि पछि मेरो नाम मैलाइ मन परेन । कस्तो नराम्रो नाम...। म एकान्तमा टोलाएर सोच्ने गर्थेँ । साथीहरुको कति राम्रा नाम..., मेरो भने टिका । के हो यस्तो टिका पनि नाम हुन्छ ? नामै फेर्न सकिन तरपनि मेरो रुची अनुरुपको उपनाम झुन्ड्याएँ "उत्सुक" । अझै पछि म मेरो नामको बारेमा अझै सोच्न थालेँ । कस्तो टिका...?? खासगरी टिका निधारमा लगाइन्छ । चाहे महिलाहरुले लगाउने रंगीविरंगी होस् वा चामलमा दही र रंग मिसाएर बनाएको अक्षता होस् । प्रायः सबै टिकाहरु रंगी विरंगी हुन्छन् । तर न मेरो नाम रंगीन भयो, न त जिन्दगी....

जिन्दगी रंगीन कसरी हुन्छ - फेरी अर्को प्रश्न तेर्सियो ।

शायद मेहनतले विभिन्न रंगहरु भर्दै जानुपर्छ होला... मैले कोशिस गर्दा गर्दै सकिन... । आजभोली बच्चा जन्मेपछि नाम राख्ने तरिका अलि भिन्न भएको छ । बच्चाको नाम राख्दा बाबु आमाको नाम मिलाएर राख्ने लहर चलेको छ । चर्चित गायक रामकृष्ण ढकालले आफ्नी छोरीको नाम राख्दा आफ्नो नामबाट रा तथा श्रीमतीको निलमबाट नी मिलाएर रानी ढकाल राखेका रे । मेरो एकजना मित्र पुष्प र उनकी श्रीमती तिलमाया पनि आफ्नो बच्चाको नाम कसरी राख्ने भन्ने बारेमा सल्लाह गर्दै थिए ।

अनि आफ्नो पहिलो बच्चाको नाम जुन अक्षरबाट शुरु हुन्छ त्यसपछिका बच्चाहरुको नाम पनि त्यहि अक्षरबाट राख्दै जाने, जस्तै : सरोज, सरिता... रमेश, रमिता, दिनेश, दिपक, दिपिका आदी ।
समय अझै अगाडी बढिसकेको छ... अब नाम जुराउने पण्डितहरु पात्रो हेरेर चिनामा हैन, डिक्सनरी हेरेर फेसबुकमा नाम जुराउँछन् । फेसबुकमा रहेका साथीहरुबाट कमेन्ट मार्फत नामहरुको तालिका बनाइन्छ अनि नोमिनेशनमा परेका नामहरुमाथी विशेष कमिटिको निर्णयबाट नाम र्सार्वजनिक गरिन्छ । अस्ति भर्खर मात्र मेरो एकजना मित्र रामप्रसादजीलाई पुत्रलाभ भएको छ । वहाँलाई पनि नाम के राख्ने भन्ने बारे यस्तै समस्या परेको छ । रामप्रसाद र विष्णुमायाको प्रथम पुत्ररत्नको नाम के जुराउने... फेसबुकले कत्तिको सहयोग गर्छ हेरौँ ।

लोग्नेमान्छेको विहे भए नभएको कसरी थाहा पाउने ?

एकजना फेसबुक मित्रले फेसबुक च्याटमा कुरा गर्दै गर्दा सोध्नुभयो कि, लोग्नेमान्छेको विहे भए नभएको कसरी थाहा पाउने - मैले त्यतिबेला भनेँ, सोधेर थाहा पाउने । तर पछि मलाई यो प्रश्न मलाई अलि गम्भिर लाग्यो । सोधेको बेला सिधा जवाफ नै पाइन्छ भन्ने के ग्यारेन्टी - अनि मलाई यस बारेमा केही मस्तिष्क मन्थन गर्न मन लाग्यो । म एकैछिन घोरिएँ... मैले केही अन्य उपायहरु निकालेँ ः
१. चुराको आवाज सुन्नासाथ तर्सिनु ः विवाहित पुरुष उसको पत्नीबाट पाएको पिडा सम्झेर यति पिडित हुन्छ कि, चुराको आवाज आउने वित्तिकै तर्सिन थाल्छ । अनि सहजै अनुमान गर्न सकिन्छ कि उ विवाहित हो ।
२. हरेक कुरामा मोलमोलाई गर्नु ः श्रीमतीका असीमित आवस्यकताका कुराहरु किन्दा किन्दा हैरान भएपछि सकेसम्म सम्म सस्तोमा किन्न कोसिस त गर्ने नै भयो... त्यसैले उसले मोलमोलाई बढि गर्न थाल्छ ।
३. हरेक कुरालाई शंकाको दृष्टिले हेर्नु ः श्रीमतीको चियो चर्चो र शंका आशंका गर्दा गर्दै उसमा शंका गर्ने बानी नै परिसकेको हुन्छ... अनि हरेक कुरालाई शंकाको दृष्टिले हेर्न थाल्छ । अनि त उ विवाहित भन्ने थाहा भइहाल्छ ।
४. निधारतिर वा टाउकोमा हेर्नुस् डाडुको छाप छ कि...
अरु पनि धेरै आइडिया हुन सक्छन् विवाहित लोग्नेमान्छेलाई चिन्ने.. कृपया तपाईको आइडिया कमेन्ट मार्फत शेयर गर्नुस् ।